पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै विदेश नै जान चाहन्छन् । बच्चा होस् या बुढा सबैको जिब्रोमा छ , विदेश । सर्वसाधारणदेखि व्यापारी, सरकारी कर्मचारीदेखि राजनितिक दलका नेताहरुले सम्म आफ्ना छोराछोरी विदेश नै पठाउँछन् ।
विदेश गएपछि सुखैसुख हुन्छ भनी मानिसहरु ऋणधन गरेर भएपनि विदेश नै जान चाहन्छन् । सानोतिनो व्यापारव्यवसाय गरेर नेपालमै बस्छु, नेपालको विकास गर्छु, सरकारलाई कर तिर्छु भन्ने भावना कसैमा पनि छदैँ छैन । व्यापार गरेमा लगानी डुब्छ वा फाइदा हुदैँन भनेर त्यही पैसा विदेश जान लगानी गरिन्छ । यतिमात्र नभई विदेश गएपछि पनि आफ्नो पुर्खेनी सम्पत्ति यहाँबाट बेचेर लगिन्छ । अब भन्नुस् के यो राम्रो काम हो ।
आमाबुबाहरु यता भ्रष्टाचार गरेर वा ऋणधन गरेर छोराछोरी विदेश पठाउँछन् तर मर्नेबेला त्यही छोराछोरी पानी दिनेसमयमा पनि हुदैँनन् । पहिला छोराछोरी पठाउने समय खुशीखुशी पठाउँछन् र मेरा छोराले यो गर्यो तेरो छोरीले त्यो गर्यो भन्दै भन्छन् तर मरे पछि काजक्रिया गर्ने समेत कोही हुदैँन ।
अहिले त आफ्ना छोराछोरी विदेश पठाउनेमा सबैभन्दा बढी नै भ्रष्टाचारी व्यक्तिहरु छन् । यहाँ बसेर राज्यलाई कर छलेर वा भ्रष्टाचार गरेर पैसा कमाउँछन् र त्यो पैसाले छोराछोरीलाई उता विदेशमा घर किन्न लगाउँछन् र छोराछोरीको कमाइले किनेको दाबी गर्छन् । यसले गर्दा देशको मुद्रासँगसँगै दक्ष जनशक्ति पनि बाहिरी रहेका छन् ।
खाडी मुलुकमा गएका मानिसहरुले त विदेश गएर पैसा पनि पठाउँछन् र नेपाल पनि फर्किन्छन् तर अमेरिका, अस्ट्रेलियामा पढ्ने नाममा जाने मानिसहरुले नेपालको अर्थतन्त्र नै धरासायी बनाइरहेका छन् । उनीहरु आफु त गइनै रहेका छन् तर यहाँ भएको पैसा पनि लगिरहेका छन् । आफ्नो स्वार्थका लागि यिनीहरुले आफु जन्मिएको देशमाथि नै खेलबाड गरिरहेका छन् ।
हामी नेपालीहरु नेपालमै जन्मिछौँ, नेपालकै भूमिमा बोल्नदेखि हिड्न सिक्छौँ र १२ सम्म पनि यहीं पढ्छौँ तर १२ पासगर्ने बित्तिकै आफ्नो देशमाथि दाग लगाउँदै विदेश दौडिन्छौँ । त्यस्तै, यता आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाउने आमाबुबाहरु पनि अरुले तपाईँ नभनेपनि आफैँ मपाईं भएर हिड्छन् । उनीहरु यसले गर्दा देश र देशको अर्थतन्त्रमा कस्तो असर परिरहेको छ भनेर सोच्दैँनन् ।
कन्सलट्रेन्सीले आफ्नो फाइदाका लागि नेपाली विद्यार्थीहरुलाई खसी बोकाझैँ बेच्दा सरकार के हेरिरहेको छ । जनसंख्याको आधारमा नेपालबाट विदेश गएका मानिसहरुले वर्षेनी १८ अर्बभन्दा बढी रकम नेपाल पठाउनुपर्छ तर यहाँ त १० अर्ब पनि आउन धौधौ छ ।
जो मान्छेले नेपालमा बसेर भ्रष्टाचार गरेर वा अन्य काम गरेर कालोधन्दा कमाएको छ त्यो मानिसले आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाएर कालोधनलाई पनि सेतोधन बनाउँछ । पछिल्लो समय त्यसैले पनि नेपालमा भ्रष्टाचार गर्नेको र राजस्व छल्नेकोसंख्या बढीरहेको छ ।
नेपालबाट हुन्डीमार्फत वर्षेनी कति रकम विदेश पठाइन्छ भनेर नेपाल सरकारलाई थाहा छैन । यँहा पछिल्लो समय व्यापारव्यवसाय गर्नेहरुले वित्तिय संस्थाबाट ऋण लिने र डुब्यो भनेर त्यो रकम विदेशमा लगानी गर्ने गरिरहेका छन् । साथै, आफु अमेरिका, अस्ट्रेलिया पुगेपछि उनीहरु आफु त फर्केर आउँदैनन् तर यहाँ भएको पुर्खेनी सम्पत्ति पनि बेचेर लैजान्छन् । नेपाली नागरिकता त्यागेपछि नेपालमा भएको सम्पत्ति भने त्याग्दैनन ।
यसरी अन्य मुलुकहरुले देशको अर्थतन्त्रलाई कंगाल पनि बनाइदिए र दक्ष जनशक्ति पनि लगे । नेपालीहरु नेपालमा सानोतिनो व्यवसाय गर्न वा रोजगार गर्न लाज मान्छन् तर अरुको देशमा गएर चर्पी सफा गर्नेदेखि भाडा धुनेसम्म काम गर्छन् ।
यता आफ्ना छोराछोरी पढ्ने नाममा अमेरिका, अस्ट्रेलिया पठाउँदा आमाबुबाहरु खुशीका साथ पठाउँछन्, उमेर हुनुन्जेल आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलियामा छन् भनेर धाक लगाउँछन् तर मर्नेबेला सयपटक बोलाउँदा पनि छोराछोरी आउँदैनन् ।
यतिसम्म कि बुढेसकालमा साहारा र मर्नेपछि दागबत्ती दिने पनि कोही हुदैँन । सरकारले पछिल्लो समय कुनै छोरछोरीले आफ्नो जन्म दिने आमाबुबालाई बुढेसकालमा नपालेमा वडा वा नगरद्धारा त्यस्ता आमाबुबाहरु पालिने र उसको नाममा भएको सम्पत्ति पनि सबै सरकारकै नाममा हुने भनेर कानुन बनायो । तर अमेरिका, अस्ट्रेलिया भएका अभिभावकहरुले न बाँच्नुन्जेल राम्रो पालनपोषण पाउँछन् न मरेपछि दागबत्ती । तर यता अभिभावक मरेपछि आमाबुबाको नाममा भएको चलअचल सम्पत्ति भने लिएर छोराछोरी जान्छन् ।
त्यसैले, अब सरकारद्धारा नयाँ कानुन निर्माण गरिनुपर्छ । अमेरिका, अस्ट्रेलिया गएका मान्छेलाई वा नेपालको नागरिकता त्यागेर अन्य मुलुकको नागरिकता लिइसकेका मान्छेलाई आमाबुबा मरेपछि नेपालमा भएको सम्पत्ति बेचेर लग्न नपाइने वा उसको अंशपनि बेचेर लैजान नपाउने । साथै, त्यो सम्पत्ति सरकारको नाममा जाने । यो कानुन सरकारले बनाउन ढिलो भइसकेको छ । यस कानुनले मानिसहरु अमेरिका, अस्ट्रेलिया गएपछि पुर्खेनी सम्पत्तिको लोभमा नेपाल नै फर्किन्छन् । यदि सरकारले छिटोभन्दा छिटो यो कानुन निर्माण नगरे देशलाई ठूलो क्षति पुग्छ ।
अन्य मुलुकले हाम्रो देशको पैसासँगसँगै दक्षजनशक्ति पनि लगे । जसले गर्दा देशको विकास र अर्थतन्त्रमा ठूलो संकट निम्ति रहेको छ । तर सरकार यसप्रति ध्यान दिदैँन । देशको अर्थतन्त्र श्रीलंका भइसकेको छ, वित्तिय संस्थाहरु डुबिसके, बजारमा मन्दी छाई सक्यो र घरजग्गा, गाडी र सेयरको किनबेचमा पूरै गिरावाट आइसक्यो ।
नेपाल सरकार दिनप्रति दिन विदेशीको ऋणमा फस्दै गइरहेको छ र विदेशीसँग लिएको ऋण सरकारले तिर्न नसक्दा अब नेपाल कुन देशले लैजान्छ भनेर जनतामा बहस चलिसकेको छ । एक नेपालीको टाउकोमा विदेशी ऋण ७९ हजार पुगिसकेको छ तर सरकारले यो ऋणको सावाँब्याज पनि तिर्न सकिरहेको छैन ।
अहिलेपनि नेपाली अभिभावकहरुले आफ्नो छोराछोरीहरु अमेरिका, अस्ट्रेलिया पठाउनका लागि सुरुमै २० देखि २५ लाख खर्च गरिरहेका छन् । यसबाट त सरकार कंगाल भएको, वित्तिय संस्था डुबेको र व्यक्ति धनी भएको स्पष्ट बुझिन्छ । अब यो पैसा मानिसहरुले कहाँबाट जोडे त । यसको खोजी गर्ने काम त सरकारको होइन र ।
यहाँ त सबै व्यवसाय गर्नेहरु राज्यलाई कर नतिरी सामान महंगोमा बेच्ने र सरकारी कर्मचारीहरु भ्रष्टाचार गर्ने काम भइरहेको छ । साथै, सरकारी कर्मचारीहरु पनि काम नगरी भ्रष्टाचार मात्र गर्ने । वित्तिय संस्थाका सञ्चालक अध्यक्षहरु घुस खाएर घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने अनि जनताको रकम डुबाउने र आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाउने ।
तर यहाँ घुस खाएर कमाएको पैसाले त्यहाँ घरजग्गा किन्ने । तर सरकार यो कुरा कहिले बुझ्रने । के नेपालको शिक्षा त्यतिकै कमजोर भएको हो र सबै विद्यार्थी पढ्नका लागि विदेश जान ।
नेपालमा निजी कलेजदेखि सरकारी कलेजसम्मै प्रशस्तै छन् । तर यिनीहरुले नेपालको शिक्षामाथि नै हिलो छ्यापी रहेका छन् । यसरी यिनीहरुले नेपालको पूँजी पनि बाहिर लैजान्छन् र नेपालमाथि पनि घृणा गर्छन् ।
चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा