
मंसिर २६, काठमाडौं । आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै सरकारी पोसाक लगाएर होटल र पसलहरुमा रेड हान्ने ८ जना डुप्लिकेट कर्मचारीका गिरोह पक्राउ परेका छन् । विभागको ड्रेस कोड, नक्कली परिचय पत्र लगाएर काठमाडौँको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट र पसलबाट रकम असुल गरेको आरोपमा पक्राउ परेका ८ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको हो । होटल, रेष्टुरेन्ट र पसलले कर नतिरेको भन्दै रकम असुली रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथर फिदीमकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् ।
पक्राउ परेकाहरूबाट राजस्व कार्यालयका स्ट्याम्प, लेटरप्याड लगायत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले जनाए ।
स्थानीयको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गरिएको उनले बताए ।
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं
१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र