भक्तपुर विकासको बांकी कामलाई पुर्णता दिन क.महेश बस्नेतलाई संसदमा पठाउनुपर्छ:सहदेव न्यौपाने

         क.सहदेव न्यौपाने,नेता नेकपा एमाले,भक्तपुर  
भक्तपुरको सुर्यविनायक नगरपालिका ४ दधिकोटको नेकपा एमालेलेमा बढी प्रभाव राख्ने,जनताले बिश्वास गरेको र विकास निर्माणको काममा निरन्तर रुपमा सक्रिय नेकपा एमाले भक्तपुर जिल्ला कमिटी सदस्य एवं समाजसेवी सहदेव न्यौपाने लामो समयदेखि जनसेवा र राजनीतिमा सक्रिय हुनुहुन्छ । बि.स. २०४० सालबाट राजनीति शुरु गर्नुभएका न्यौपानेको पिता दुइपटक सम्म साविक दधिकोट गाविसको उपप्रधानपन्च हुनुहुन्थ्यो । पिताजीकै प्रेरणाले राजनीतिमा लाग्नुभएको न्यौपाने तात्कालिन समयमा ब्यवस्था अनुरुपको राजनीतिक काममा सक्रिय हुँदै ०६२/०६३ को आन्दोलन पछि झनै राजनीतिमा क्रियासिल  हुनुभयो । दधिकोट गाबिस र अनन्तलिङ्गेश्वर नगरपालिका हुंदा सर्वदलीय संयन्त्रमा  बसेर लामो समय काम गरेको अनुभव हांसिल गर्नुभएका न्यौपानेले माननीय महेश बस्नेतको विकास सल्लाहकारका रूपमा पनि काम गरिसक्नुभएको छ । न्यौपाने संग आगामी निर्वाचमा भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार क.महेश बस्नेत र उहाँको टिमलाई निर्वाचनमा विजय गराउनको लागि के कस्तो तयारीहरु चलिरहेको छ ? नेकपा एमाले सुर्यविनायक ४ दधिकोटमा के कस्ता कार्यक्रमहरु चलिरहेका छन ? त्यसबारे नेता न्यौपाने लाई केही प्रश्नहरू सोधेका छौं ।

१,नेकपा एमाले भक्तपुरको चुनाव प्रचारप्रसार कार्यक्रमहरु कस्तो चलिरहेको छ ?
नेकपा एमाले भक्तपुरको विशेषगरी क्षेत्र नं. २ जुन क्षेत्र निवर्तमान सांसद तथा पुर्व मन्त्री क.महेश बस्नेतको क्षेत्र हो । अहिले चुनाव प्रचारप्रसार तिब्र रुपमा अगाडी बढिरहेको छ । टोल कमिटीदेखि वडा कमिटी,निर्वाचन परिचालन कमिटी लगायत सबै टिमहरु आ-आफ्नो ठाउँमा आ-आफ्नो क्षेत्रमा खटाएको जिम्मेवारी लिएर आफ्नो कार्यक्षेत्रमा काम गरिरहेका छन । नेकपा एमाले लाई आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं. २ बाट निवर्तमान माननीय महेश बस्नेतलाई अत्याधिक मतले कसरी जिताउने भन्नेतिर नेकपा एमाले सिङ्गो दधिकोट पार्टी पङ्ती क्रियाशील  छ । टोल कमिटीहरु उदघाटन लगाएत भेटघाट,छलफल,बैठक यिनै कुराहरुमा दधिकोट नेकपा एमाले लागिरहेको छ ।                       

२,भक्तपुर क्षेत्र नं. २ बाट क.महेश बस्नेत र उहाँको टिमले निर्वाचन जित्ने आधारहरु के-के हुन ?                   
पहिलो कुरोत हामीले बिगत सम्झनुपर्छ । बिगत २०७२ भन्दा अगाडी भक्तपुरको अवस्था र २०७२ र विशेषगरी  ०७४ को निर्वाचन पछाडी भक्तपुरको मुहार जसरी फेरियो हिजो ०७२ भन्दा अगाडि क.महेश बस्नेत उद्योगमन्त्री भयपश्चात भक्तपुरमा विकासक मुलहरु फुट्न थाले । माननीय महेश बस्नेत निवर्तमान उद्योगमन्त्री भइसकेपछी उहाँ संग मेरो भेट भयो । हामीले पुर्वाधार विकासमा भक्तपुरलाई कसरी अगाडी बढाउन सकिन्छ ? त्यसमध्ये पनि सुर्यविनायक ४ दधिकोटमा त्यसअघि विकासत फिटिक्कै थिएन । हिजो नेपाली काङ्ग्रेस,नेममकिपाले आलोपालो गरेर जितिरहेको २ नम्बर क्षेत्र जहाँ जगन्नाथ आचार्य,लेखनाथ न्यौपाने,रामेश्वर ढुङ्गेलहरुले दुई तीन पटक चुनाव जितिरहंदा उनिहरुले भक्तपुरका जनताहरुको आवश्यकता के हो ? माग के हो ? त्यो कहिलेपनी सम्बोधन गर्न चाहेनन् । त्यसैले हामी नेकपा एमाले र बिशेशगरी क.महेश बस्नेतले भक्तपुर २ नं. क्षेत्रलाई कसरी पुर्वाधार विकास,पर्यटन विकास,स्वास्थ्य,शिक्षा, खानेपानी लगाएतका कुराहरूलाई अगाडी बढाउन सकिन्छ भन्ने हिसाबमा गहन छलफल गरेर हामी जस्तो,युद्धमा हिंडेको सिपाहीले आफ्ना कामहरु फत्ते गरेर मात्र घर फर्कन्छ त्यसैगरी यो पांच वर्षको दौरानमा जनताका धेरै मागहरू पूरा गरिसकेका छौँ । केही मागहरु मात्र पूरा गर्न बांकी छ । क.महेश बस्नेतकै कुरा गर्नुपर्दा उहाँकै कारणले २ नम्बर क्षेत्र र समग्र भक्तपुरमा विकासको लहर आएको छ । हामीले भनिरनै पर्दैन ।केही मान्छेहरुलाई लाग्ला बिरोध गर्ने ठाउँनै नभएपछि विभिन्न प्रकारका जालझेल तिकडमहरु अगाडी ल्याउने र महेशले गरेन,भ्रष्टाचार भयो भनेर रोइलो गरिरहेका छ्न । त्यो भ्रष्टाचार भयो भन्नेले भ्रष्टाचार हो भनेत सिधै लगेर जेल हालिदिनुपर्‍योनी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगत छ किनभने जुन निकायले भ्रष्टाचार हुन दिंदैन । प्रमाणसहित जानुपर्‍यो त्यसरी जानको लागि उनिहरुसंग प्रमाण छैन । यो सबै जनतालाई झुक्याउनलाई उनिहरुले त्यस्ता कुरा गरेका छन । त्यसकारण भक्तपुर र विशेषगरी २ नं. क्षेत्रमा महेश बस्नेतको असाध्यै राम्रो पकड रहेकोे छ । यस्तो पकड यो ७७ जिल्लामा १६५ उम्मेदवार मध्य एक नम्बरमा सबैभन्दा सशक्त राष्ट्रिय पहिचान बनाएको नेता महेश बस्नेतको कारणलेनै यो संभव भएको हो ।                     

३,दधिकोट र भक्तपुरको बिकास योजना र बजेट गठबन्धन सरकारले काट्यो भन्ने सुनिन्छ,यसबारे केही भन्नू छ ?
मैले दुईचार दिन अगाडिको एउटा कार्यक्रममा पनि भनेको थिएं । दधिकोटको सवालमा तत्कालीन मन्त्री रमेश लेखकले चार करोड बायालिस लाख रुपैयाँ पैसा ठिमी-तर्खाल-गाम्चा सडकको स्थरउन्नति वा पिचको लागि आएको बजेट  सिधै आफ्नो पहलमा शांखु लिएर जानुभयो। त्यसैले नेपाली काङ्ग्रेसले कति विकास गर्दोरहेछ हामीले बुझेका छौँ । अर्को कुरा अहिले पुर्वाधार विकासमा ओली बा ले एकैपटक धेरै सडकहरू सिलान्यास गर्नुभएको थियो  ती मध्य हाम्रो थिमी-तर्खाल-गाम्चा सडक पनि पर्थ्यो यो लगायत भक्तपुरका १२-१५ ओटा राष्ट्रिय योजनाहरु नेपाली काङ्ग्रेस नेतृत्वको  सरकारले कटौती गरेको छ । त्यो के कारणले भन्दा माननीय महेश बस्नेत भएको जिल्लामा किन हाल्नेत यत्रो पैसा  भन्ने कुरा होला भन्ने मलाई लाग्छ । समग्रमा भक्तपुरका धेरै योजनाहरु अहिलेको नेपाली काङ्ग्रेस लगाएत गठबन्धनको परमादेशी सरकारले यी योजनाहरु काट्ने काम भएको छ ।अब यी योजनाहरु जसरी काटिइरहेका छन हामीले निरन्तर चालू आबमा चलिरहेका योजनाहरु काटिएका छन कतिपय अहिले चलिरहेका योजनाहरु हिजो रातो किताबमा हामीले समावेश गरेका योजनाहरु नेपाली काङ्ग्रेसले कटौती गरेको छ । त्यसोभएको हुनाले केहिकेही योजनाहरु अहिले रोकिन पुगेका छ र योजनाहरु एकदम राम्रोसँग संचालन गर्न र बांकी कामहरू सम्पन्न गर्न आगामी दिनमा हामिले क.महेश बस्नेतलाई संसदमा पठाउनुपर्छ भनेर हामी लागिरहेका छौँ । नेपाली काङ्ग्रेसले धेरै योजनाहरु काटेको छ उनिहरुले भन्छन् हामीले योजना हाल्यौं कति हाले ? चार लाख पाँच लाख ? हामीले करोडौंको हिसाबमा हालेका योजनाहरु तिनै योजनामा चार लाख पांच लाख ल्याएर जोडेका छन त्यसले के विकास हुन्छ भन्ने ? त्यसकारणले दधिकोटका चालू योजनाहरु केहिकेही अहिलेको मापसे सरकारले काट्ने काम गरेको छ । त्यसैले भक्तपुरको विकासको बांकी कामलाई निरन्तरता दिन क.महेश बस्नेतलाई संसदमा पठाउनुपर्छ भनेर हामी लागिपरेका छौँ ।                       

४,तपाईंको आफ्नो वडामा नेकपा एमालेको स्थिति कस्तो छ ?
पछिल्लो स्थानीयतह निर्वाचनमा यहाँबाट झिनो मतले नेपाली काङ्ग्रेसले जित्यो । जित्नुको कारण पार्टी भित्रकै समस्या र  हामी भित्र सबैमा एकमत नभएर हो । हामिभित्र अलिकति विचलन भएर हो । हामी सबै एकमत भएर अगाडी बढेको भय दधिकोटमा कहिलेपनी नेकपा एमालेलाई कसैलेपनी परास्त गर्नै सक्थेन । भोलिपनी सक्दैन  । अबको अवस्थामा पनि सक्दैन । नेपाली काङ्ग्रेस जसरी अगाडी गयो फेरि पनि हिजैको सपना देखेर हिंडेको होला । अब सिङ्गो दधिकोट एक भएको छ । सबै नेताकार्यकर्ताहरु एकजुट भएका छन । तल्ला कमिटीदेखि माथिल्लो कमिटी सम्मका नेताकार्यकर्ताहरु सबैको एकैमत रहेको छ । अहिले दधिकोटमा हिजो हामीले ल्याएको मतलाई हामी धेरै माथी पुर्‍याउछौं । पैंतीसय मत कटाएर यसपालिको संघ र प्रदेशको चुनावमा दधिकोट ४ बाट मत खसाल्ने एक्यवद्धताका साथ लागेका छौँ ।

५,क.महेश बस्नेतले तपाईंको वडा र सिङ्गो निर्वाचन क्षेत्र नं. २ को विकास र पुर्वाधारको क्षेत्रमा पुर्‍याउनुभएको योगदान र विकासको अवस्था कस्तो रहेको छ ?
क.महेश बस्नेतले ०७४ को निर्वाचन जितिसकेपछी सुर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटमा धेरै कामहरू भए । म पुर्वाधार विकासका केही हेर्न लायक कामहरु यहाँलाई बताउँछु जस्तैः थिमी-गाम्चा-तर्खाल सडक जुन बाटो अब लगभग डेड दुईसय मिटर मात्र पिच हुन बांकी छ केही काङ्गेसी साथीहरूले त्यसलाई अलि काम भएन भन्ने हिसाबले प्रचार गर्नुभएको छ । अहिले त्यो टेण्डर भएर काम लगभग लगभग अन्तिम अवस्थामा पुगेको छ ।बालकुमारी-बालकोट-चित्रपुर-गाम्चा-शिकारीटार हुँदै अनन्तलिङ्गेश्वर महादेव र कालिकाडांडा हुँदै घ्याम्पेडांडा जाने सडक त्यस्तै अर्को सल्लाघारी-कटुन्जे-गाम्चा-चित्रपुर-गाम्चा हुँदै शिरुटार जाने बाटो त्यसैगरी अल्तारा चित्रपुर जाने बाटो,त्यस्तै चरखण्डि पात्लेटार जाने बाटो,शाही गणेश चरखण्डि जाने बाटो । त्यस्तै नयाँ बस्तीका विभिन्न टोलहरुका भित्री बाटोमा ढलान गर्ने,ब्लक बिछ्याउने लगाएत धेरै कामहरु भएका छन । त्यस्तै,पर्यटन क्षेत्रको धार्मिक पर्यटनको लागि अनन्तलिङ्गेश्वर महादेव मन्दिर भयो, त्यस्तै कृष्ण मन्दिर भयो,त्यस्तै दक्षिणवाराही मन्दिर भयो,त्यस्तै चित्रपुर गणेश मन्दिर,अनन्तलिङ्गेश्वरको कैलाश डांडामा गणेश मन्दिर भयो यी धेरै मठमन्दिरहरु क.महेश बस्नेतकै पालामा पुननिर्माण भएका छन । साथै खानेपानीको एक अरब चानचुनको योजना यो नेपालमै दुइठाउंमा मात्र होला मलाई लाग्छ एउटा त्यो पांचखालमा होला अर्को हामिकहांनै हो अहिले धमाधम काम भैरहेको छ । हामिलाइ त्यो खानेपानी स्मार्ट धारा भन्छ चौबीसै घण्टा जतिबेला खोल्नुहुन्छ तपाईं लाई चाहिएको बेला धारामा पानी आउँछ । यो आगामी २०८० साल असार मसान्तभित्र एडिबिले हामिलाई बुझाउंछ । त्यसैले आगामी भदौभित्रमा दधिकोटको खानेपानीको समस्या लगभग पूरा हुन्छ । त्यस्तै पर्यटन क्षेत्रमा पर्यटन पदमार्गहरु,सिंडिहरु,झोलुङ्गे पुलहरु जस्तैः अनन्तलिङ्गेश्वरमै झोलुङ्गे पुल रहेको छ।अनन्तलिङ्गेश्वर बाट माथी कैलाश डांडा जाने सिंडी,पात्लेटार मैत्रीभवन पछाडी बाट अनन्तलिङ्गेश्वर जाने सिंडी यी चाहिँ पर्यटन पुर्वाधारहरु हुन । त्यसैगरी दधिकोटको माथी कैलाश डांडामा क.महेश बस्नेतकै पहलमा होमस्टे सुरु गरिएको छ।त्यस्तै स्वास्थ क्षेत्रमा ठूलो मुल्यको सुर्यविनायक नगर अस्पताल सुरु भैसकेको छ  जो अझै निर्माणको क्रममा पनि  रहेको छ । हाम्रो दधिकोटमै रहेको नगर हस्पिटललाई पुर्ववत सुविधाहरुलाई यथावत कायम राखेर यसलाई क्षेत्रीय हस्पिटलमा परिणत गर्ने कार्य चलिरहेको छ । शिक्षाम भन्ने हो भने सामुदायिक भवनहरु धेरैवटा बनेका छन । जस्तैः अनन्तलिङ्गेश्वरमा भयो,बालचेतन,चित्रपुर,अरनिको माध्यामिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरुमा धेरै सुविधा सम्पन्न भवनहरु बनेका छ्न । त्यस्तै,अनन्तलिङ्गेश्वर मन्दिरको पाउमा सामुदायिक भवन बनेको छ । त्यस्तै चित्रपुर लगायत अन्य धेरै स्थानहरुमा सामुदायिक भवनहरु पनि बनेका छ्न । यी सबै विकासहरु उहाँकै नेतृत्वमा र तिनै तहको सरकार हामी संग भएको अवस्थामा यी सबै विकासका कामहरु सफल गर्न हामी सक्षम भएका छौँ । त्यसैगरी माथी कैलाश डांडामा भ्यु टावर जुन पर्यटन प्रवर्द्धन गर्नको लागि भ्यु टावर पनि तयारीको अन्तिम अवस्थामा पुगिसकेको छ । हामीले त्यसलाई उद्घाटन सम्पन्न गरिसकेका छौँ । धेरै कुराहरू क.महेश बस्नेतकै अगुवाइमा,उहाँकै पहलमा भएका छन त्यसकारण माननीय महेश बस्नेत आगामी दिनमा पनि हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।

६,अन्त्यमा तपाईंको केही भन्नू छ ?
अन्त्यमा आम दुई नम्बर क्षेत्रका मतदाताहरुलाई बिशेश अनुरोध हामीले क.महेश बस्नेत जस्तो ब्यक्ति भेट्टाउनू भनेको भक्तपुरको र बिशेषगरी भक्तपुर दुई नम्बर क्षेत्रको जनताहरुको भाग्यनै हो भनेर भन्छु म जुन पुर्वाधार,शिक्षा,खानेपानी,पर्यटन क्षेत्र यी सबै कुराहरु समेटेर उहाँको नेतृत्वमा जसरी विकासको गति अगाडी बढेको छ आगामी दिनमा पनि ती रोकिएका विकासका गतिहरु अगाडी बढाउन र यी सबै कुराहरू गर्नको लागि क.महेश बस्नेतलाई आफ्नो मत दिएर हाम्रो क्षेत्रको भाग्य र भविष्य उजागर गर्नलाई फेरि पनि क.महेश बस्नेतलाई जिताउन म दुई नम्बर क्षेत्रका आम मतदाताहरुलाई मेरो ब्यक्तिगत तर्फबाट आव्हान गर्दछु । धन्यवाद ।।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शङ्कर पोखरेल

  असार १८, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि

फणीन्द्र माथिको कारबाही  कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

 असार १०.काठमाडौँ। सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेको

संवैधानिक परिषद् विधेयकसम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी