नियमित योगाभ्यासका फाइदाहरु र योगाभ्यास गर्दा ध्यान दिनुपर्ने कुराहरु


२९ असोज,काठमाडौं । सभ्यताको प्रारम्भदेखि नै योग प्रचलनमा रहेको देखिन्छ ।शिवलाई योगका आदि गुरु मान्ने गरिएको छ । हजारौं वर्षपहिले हिमालयमा कान्ति शरोबरको तटमा आदि योगीहरूले आफ्नो प्रबुद्ध ज्ञान प्रसिद्ध सप्तऋषिहरुलाई प्रदान गरे । सप्तऋषिहरुले यस ज्ञानलाई एसिया, मध्यपूर्व, उत्तरी अफ्रिका हुँदै दक्षिण अमेरिकासम्म योगलाई फैलाए भन्ने देख्न सकिन्छ ।

त्यस्तै योगको उत्पत्ति बारे कुरा गर्दा हामी श्रीमद्भगवद् गीतामा यसको स्पष्ट विवरण पाउन सक्छौं । जसमा ज्ञान योग, भक्ति योग र कर्मयोगको अवधारणामा विस्तृत वर्णन गरेको पाईन्छ । यी तीन प्रकारका योगहरू आज पनि मानव बौद्धिकताको उत्कृष्ट उदाहरण हुन् । मानिसहरूले अझै पनि गीतामा प्रदर्शन गरिएका विधिहरू अनुशरण गरेर शान्ति खोज्ने गरेको पाईन्छ । पतञ्जलिका योग सूत्रहरूमा न केवल योगका विभिन्न अंशहरू छन् यो मुख्यतया आठ मार्गहरू द्वारा परिचित छ ।

योग बिज्ञान आधुनिक मानिसहरूको दैनन्दिन संचालन गर्न । तनावबाट छुट्करा पाउन । शारीरिक तन्दुरुस्त प्राप्त गर्न । वा मानवीय,सामाजिक र सांस्कृतिक रिवाजहरुलाई जिवन्त बनाउन अपरिहार्य पद्धति हो। हामीले योगका फाईदा र योग गर्दा ध्यान दिनुपर्ने कुराहरुलाई विभिन्न योगगुरु र ग्रन्थहरुमा आधारित रहेर बुंदागत चर्चा गर्न खोजेका छौँ । आशा छ उल्लेखित बुंदाहरुले मानवीय जिवनलाई सरल र सहज बनाउन सहयोग गर्नेछ ।

योगका फाइदाहरु :

१. योगले मानिसको चौतर्फी विकासमा सहायता पुर्यारउँछ। 
२. शरीरमा लचकता ल्याउनुका साथै शरीरलाई सुन्दर, सुडौल र सुगठीत बनाउँछ।
३. शरीरमा प्राणीक शक्ति र रोग प्रतिरोधात्मक क्षमताको वृद्दि गर्दछ।
४. मानिसको मनमा स्थीरता कायम गर्दै उनिहरुमा आत्मसम्मानको भावना वृद्दि गर्दछ। 

योगाभ्यास गर्दा ध्यान दिनुपर्ने कुराहरु :

१. योग प्रशिक्षकको निर्देशन र नियन्त्रणमा रहेर योग अभ्यास शुरुगर्ने
२. योगका लागि सूर्योदय वा सूर्यास्तको समय ज्यादा अनुकुल हुन्छ। 
३. खालि पेटमा वा खाना खाइसकेको २ घण्टापछि गर्ने
४. शान्त वातावरणमा सजिलो पोषाक लगाएर योग अभ्यास गर्ने
५. आफ्नो शरीरको क्षमता अनुसार अभ्यास गर्ने
६. कुनैपनि स्वास्थ्य समस्या छ भने डाक्टरको सल्लाह पछिमात्र योगाभ्यास शुरुगर्ने
७. शुरुमा २–५ मिनेटसम्म ध्यानमा बसेर आफ्नो शरीरलाई तयार गराउनुपर्छ, त्यसपछि केहिबेर सुक्ष्म व्यायाम गरिसकेपछि मात्र आसनको अभ्यास गर्दा उत्तम हुन्छ ।
८. आसन गरिसकेपछि एकैछिन शवासनमा बसेर मात्र प्राणायाम गर्न सकिन्छ।
९. योगाभ्यास गरेको आधा घण्टापछि मात्र हल्का नास्ता खान सकिन्छ र पूर्ण खाना २ घण्टापछि मात्र उचित मानिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध ५०० ल्यापटप खरिद वैध बनाउन थापा पुनः आईएचआईएमएस जाने दौडधुपमा

युनिसेफलाई गैरकानुनी रुपमा ५०० ल्यापटप किनाएर बेवारिसे बनाइएपछि विभाग र युनिसेफमा उच्चअधिकारीहरु तनावमा  २०८०  जेठ,१ 

डुप्लीकेट मह उत्पादन गरी उपभोक्ता ठग्ने गिरोह पक्राउ

बुटवल, १ जेठ । बुटवलमा महमा अखाद्यपदार्थ मिसावट गरेर उपभोक्तालाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ

चुनाबमा पार्टीको माथिल्लो ओहदामै रहेका नेताहरू पार्टी विरूद्धको षड्यन्त्रमा संलग्न भए: ओली

वैशाख २८,काठमाडौं । आज शुरु भएको केन्द्रिय समितिको वैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

जिउन पुग्ने पारिश्रमिकको लागि स्वास्थ स्वयंसेवी लड्न तयार

बैशाख २५, सुर्खेत ।जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयम्सेवी संघ (नेभा) सुर्खेतको सोमबार वीरेन्द्रनगर नगरपालिका वडा

जेठदेखि संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने

  २०८० बैशाख २४,काठमाडौं । प्रतिनिधिसभा सदस्‍यको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न–उत्तर गरिने भएको

नक्कली शरणार्थीको रकम जफत गर् : साम्सद सूर्य थापा

 वैशाख २२काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य तथा साम्सद सूर्य थापाले नक्कली भुटानी