१२असोज,काठमाडौं ।
नयाँ बानेश्वरमा रहेको बाबा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि बाट मोटरसाइकल राईडिङमा काम गर्न दुबई पुगेका दर्जनौं युवाहरू बिगत चार महिनादेखी अलपत्र परेका छन।नेपालमा मेनपावरले गराएको करार सम्झौता अनुसारको काम र पारिश्रमिक नपाउंदा उनिहरु अलपत्र परेका हुन।
दुबईमा रहेको अपलिफ्ट डेलिभरी सर्भिसको लागि प्रतिब्यक्ती १,५०० दिराम बेसिक र ३,००० दिराम फिक्स तलबको करार सम्झौतामा हस्ताक्षर गराएर बाबा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लिले ती युवाहरूलाई दुबई उडाएको जानकारी प्राप्त भएको छ।
‘फ्री भिसा,फ्री टिकट’ को कामदार भिसामा प्रतिब्यक्ति ३ लाखदेखी ३ लाख ५० हजार पैसा लिएर,मासिक रूपमा नेपाली १ लाख रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने झुटा आश्वासन देखाएर युवाहरूलाई बाबा मेनपावरले दुबई पुर्याएको पीडित युवाहरुले बताएका छन।
लाइसेन्स निकालेको एक हप्तामा काम मिल्छ भनेर मेनपावरले भनेपनी लाईसेन्स बनेर आएको महिनौं बित्दापनी करार सम्झौतामा भनेअनुसारको काम नपाएको कारण खान,बस्ननै मुस्किल परेकोले नेपाल झिकाईदिन पीडित युवाहरूले सरकारसंग अपिल गरेका छ्न।
‘दिनमा तिनछाक खानुपर्ने ठाउँमा हामी जम्मा एकछाक खाएर बांचिरहेका छौँ।आएको ४ महिना बितिसक्दा पनि हामीले काम तलब केहिपनी पाएका छैनौं।कम्पनीको मान्छे बारम्बार आएर हामिलाई कोठा छोड भनिरहेको छ।हामिलाई लाबारिस बनायो त्यसैले हामी नेपाल फर्कन चाहन्छौं।पिडितहरुले गुनासो गरेका छन।’
हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको
असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की
असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत
५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले