पार्टीको निर्णयअनुसार चुनाव लड्छु : नेता रावल

अछाम, असोज १० गते । नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले कार्यकर्ताको माग र पार्टीको निर्णयअनुसार आफू प्रतिनिधिसभाको चुनाव लड्न तयार रहेको बताउनुभएको छ । एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ समन्वय समितिले रावलको गृहनगर साँफेबगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले सो कुरा बताउनुभएको हो । 

नेता रावलको नाम अछाम क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि एमालेबाट एकल नाम सिफारिस गरिएको छ । चुनाव लड्ने–नलड्ने पार्टीले दिने टिकटको आधारमा तय हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘मैले चुनाव लड्ने मेरो निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरुले चुनाव लड्न आग्रह गरेमा पछि हट्ने कुरै छैन ।’ प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा कार्यकर्ता भेटघाटमा रावल गृह जिल्ला अछाम पुग्नुभएका छ । 

रावलले नेपालको संविधान, लोकतन्त्र र राष्ट्रिय हितका लागि आफ्नो निरन्तर खबरदारी रहिररहने बताउनुभयो । वर्तमान सरकारले देशका पश्चिम सेती, माथिल्लो कर्णाली आयोजना विदेशीलाई नियमविपरित दिएकोमा उहाँले आपत्ति जनाउनुभयो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका वडामा रहेका व्यक्तिलाई गरिएको जरिवाना चर्को भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा