पार्टीको निर्णयअनुसार चुनाव लड्छु : नेता रावल

अछाम, असोज १० गते । नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले कार्यकर्ताको माग र पार्टीको निर्णयअनुसार आफू प्रतिनिधिसभाको चुनाव लड्न तयार रहेको बताउनुभएको छ । एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ समन्वय समितिले रावलको गृहनगर साँफेबगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले सो कुरा बताउनुभएको हो । 

नेता रावलको नाम अछाम क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि एमालेबाट एकल नाम सिफारिस गरिएको छ । चुनाव लड्ने–नलड्ने पार्टीले दिने टिकटको आधारमा तय हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो ‘मैले चुनाव लड्ने मेरो निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरुले चुनाव लड्न आग्रह गरेमा पछि हट्ने कुरै छैन ।’ प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा कार्यकर्ता भेटघाटमा रावल गृह जिल्ला अछाम पुग्नुभएका छ । 

रावलले नेपालको संविधान, लोकतन्त्र र राष्ट्रिय हितका लागि आफ्नो निरन्तर खबरदारी रहिररहने बताउनुभयो । वर्तमान सरकारले देशका पश्चिम सेती, माथिल्लो कर्णाली आयोजना विदेशीलाई नियमविपरित दिएकोमा उहाँले आपत्ति जनाउनुभयो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका वडामा रहेका व्यक्तिलाई गरिएको जरिवाना चर्को भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन