दुबईमा युवाहरूलाई अलपत्र पार्ने मेनपावरका विरुद्ध उजुरी


२७भदौ,काठमाडौं ।
दुबईमा बिगत ६ महिनादेखि दर्जनौं युवाहरूलाई अलपत्र पार्ने काठमाडौको सिनामंगलमा रहेको Leading Foreign Recruitment Pvt.ltd नाम गरेको मेनपावरको विरुद्ध पीडित युवाहरूको आफन्तले सोमबार वैदेशिक रोजगार बिभागमा उजुरी दर्ता गरेका छन।

‘फ्री भिसा फ्री टिकट’ को कामदार भिसामा जनही २ लाख ५० हजार देखि ३ लाख ५० हजार सम्म लिएर ३ हजार दिराम पारिश्रमिक दिलाउने प्रलोभन देखाउंदै Leading Foreign Recruitment Pvt.ltd ले बिगत ६ महिना अगाडी ती युवाहरूलाई दुबई पठाएको पीडित युवाहरुको भनाइ रहेको छ ।

‘मेनपावरले पुगेको एकदेखी दुई महिना भित्रमा लाईसेन्स बन्छ र त्यसपछी सहज तरिकाले काम पाईन्छ भन्ने आश्वासन दिलाएर  लगेको तर ६ महिनासम्म काम र तलब पाउनुत परको कुरा खानाको लागि पनि  नेपाल बाट पैसा पठाउने गरेको पीडित रोन मण्डलको दाइ ताराकान्त मण्डलले जानकारी दिए ।’

‘हामीले मेनपावरलाई धेरैनै अनुरोध गर्‍यौं तर मेनपावरले पर्ख र भोलि भन्दै ढांट्ने काम मात्रै गरेकोले हाम्रो सम्पुर्ण विकल्पहरु सकिएको कारण अब हाम्रा परिवारजनलाई नेपाल झिकाउन पहल गरिदिन वैदेशिक रोजगार बिभाग समक्षा आउन बाध्य भएको पीडित विशाल बि.क को आफन्त बिष्णुकुमारी बिकले बताएकी छिन् ।’

काम र तलब नदिएकोले नेपाल झिकाई पाउं भन्ने बिषयमा लेखिएको निवेदनमा उल्लेख गरिएको छ।हाम्रा मानिसहरु लाई  Leading Foreign Recruitment Pvt.ltd ले वैदेशिक रोजगारमा युयई पठाएकोमा काम र तलब समेत नदिएको,खान बस्न समेत नदिई अलपत्र पारेको हुंदा,नेपाल स्थित मेनपावरले समेत दिलाउन नसकेको हुंदा यस कार्यालयको शरणमा आएका छौँ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत