काङ्ग्रेसले यो पाली सस्तो लोकप्रियतालाई स्थान दिदैन: बिस्व प्रकाश

काठमाडौँ, भदौ २५ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित पार्टीको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान नदिने बताउनुभएको छ। 

सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयमा कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले जिम्मेवार सोच एवं भरोसा गर्न सकिने सङ्कल्प र अठोटलाई प्राथमिकता दिएर घोषणापत्र तयार गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “घेरो मात्र बाँकी रहेको टोपी लगाएका नागरिकदेखि फाटेको धोती लगाएका नागरिकसम्मको भावना घोषणापत्रले समेट्नेछ।”

उहाँले जननायक बीपीले परिकल्पना गर्नुभएको नेपाल र आजको नेपाली युवाको भावनालाई एकाकार गरेर व्यक्ति वा दलको मात्र नभई कांग्रेसको घोषणापत्रले देशको सपनालाई प्रकाश पार्ने प्रयत्न गर्ने बताउनुभयो। 

उहाँले त्यसो गरिरहँदा पचास लाखभन्दा बढीको सङ्ख्यामा विदेशमा रहेको ‘नेपाल बाहिरको नेपाल’को भावनालाई समेट्ने विश्वास व्यक्त गर्नुभयो।

महामन्त्री शर्माले भारत र चीन दुवै छिमेकी मित्र राष्ट्रको बढ्दो आर्थिक उचाइबाट लाभान्वित हुँदै छिमेकीको आर्थिक गति सँगसँगै अघि बढ्ने दृष्टि, सङ्कल्प र सुस्पष्ट योजना घोषणापत्रमार्फत ल्याउने बताउनुभयो। उहाँले भन्नुभयो, “पार्टीको स्थापनाकालमा संस्थापक बीपी कोइरालाले लेख्नुभएको दस्तावेज, २०१५ को घोषणापत्रलगायत पछिल्लो अवधिसम्मका दस्तावेजको गहिरो अध्ययन अबको घोषणापत्र निर्माण क्रममा गरिनेछ।” 

उहाँले कांग्रेसको ऐतिहासिक निरन्तरतालाई अब नवीनतामा लैजाने संकल्प घोषणापत्रमार्फत उद्घोष गर्ने बताउँदै अहिलेसम्म हासिल उपलब्धि र कमजोरी पहिचान गरी बदलिएको समयको अपेक्षाको जगमा व्यावहारिक घोषणापत्र निर्माण गर्ने जानकारी दिनुभयो।

महामन्त्री शर्माले शासन प्रणाली सही भएर पनि नागरिकलाई व्यापक विश्वासमा लिन भइरहेका कमजोरीको पहिचान गरेर, राष्ट्र निर्माणको महाअभियानमा म र मेरा लागि तर समग्रमा देशका लागि भन्ने युवा भावनाको लहर घोषणापत्रको अन्तरवस्तुमा समाहित गरिने बताउनुभयो।

   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका