सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

काठमाडौँ, भदौ २२ गते  । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। मङ्गलबार बसेको बैठकले रिक्त दुईसहित तीन पदमा सिफारिस गरेको हो। एक स्थानमा भने कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अवकाशपछि पदभार सम्हाल्ने गरी सिफारिस गरिएको परिषद् स्रोतले बतायो। सर्वोच्चमा हाल दुई न्यायाधीशको स्थान रिक्त छ। संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशसमेत २१ न्यायाधीश सर्वोच्चमा रहनेछन्। 

परिषद्ले नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीलाई न्यायाधीशमा सिफारिस गरेको हो। दीक्षित हाल उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश हुनुहुन्छ। शर्मा उच्च अदालत जनकपुरमा कायम मुकायम मुख्य न्यायाधीश हुनुहुन्छ। पराजुली नेपाल ल क्याम्पसका प्रमुख हुनुहुन्छ। हालै उहाँले वरिष्ठ अधिवक्ताको उपाधि पाउनुभएको थियो। कानुन र न्यायको क्षेत्रमा विशिष्ट योगदान पु-याएका व्यक्ति सर्वोच्चमा न्यायाधीश नियुक्त हुन सक्ने संवैधानिक व्यवस्था छ। तीनमध्ये एकको कार्यकाल भने संसदीय सुनुवाइ भएपछि पनि असोज १६ गतेपछि सुरु हुनेछ। कामु प्रधानन्यायाधीश कार्कीको कार्यकाल असोज १५ गतेसम्म रहेको छ। संविधानले पदावधि एक महिनाभन्दा कम रहेको अवस्थामा नयाँ सिफारिसका लागि बाधा गरेको छैन। अब संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि न्यायाधीशहरूको नियुक्ति हुनेछ। संसद्को कार्यकाल छोटो अवधि बाँकी रहेकाले सुनुवाइको सम्पूर्ण कार्यविधि पूरा गरेर निर्णय प्रक्रियामा जाने अवस्था कम छ। अहिले सुनुवाइमा पत्राचार भएपछि उजुरीका लागि नै १० दिनको समय दिने अभ्यास छ। 

न्यायाधीशको सर्ट लिस्ट

परिषद्ले मुख्य न्यायाधीश र न्यायाधीश नियुक्ति प्रक्रियाका लागि नामावली सर्ट लिस्ट गरेको  छ। पाँच मुख्य न्यायाधीशका लागि १५ र २७ न्यायाधीशका लागि ८१ जनाको नाम सर्ट लिस्टमा राखिएको छ। उच्चमा २७ न्यायाधीशका लागि २७७ जनाले आवेदन दिएका थिए। 

मुख्य न्यायाधीशको नियुक्तिको सर्ट लिस्टमा पर्ने उच्च अदालतका न्यायाधीशहरूमा केशवराज जोशी, गुणराज ढुङ्गेल, डिल्लीराज आचार्य, प्रमोदकुमार श्रेष्ठ वैद्य, प्रेमराज कार्की, प्रेमराज ढकाल, भानुभक्त शर्मा न्यौपाने, महेशप्रसाद पुडासैनी, माधवप्रसाद पोखरेल, डा. रत्नबहादुर बागचन्द, रमेशप्रसाद राजभण्डारी, रमेशबहादुर थापा, वीरबहादुर डाँगी, शारदा सुवेदी, सत्यमोहन जोशी थारू रहनुभएको छ। 

यस्तै २७ न्यायाधीशका लागि गरिएको सर्ट लिस्टमा अच्युतमकुमार भट्टराई, अरुणकुमार दुवे, अर्जुन अधिकारी, डा. अर्जुनकुमार खड्का, निर्मला अधिकारी भट्टराई, निर्मला पौडेल, नूर मोहम्मद मनिहार, नेत्रप्रसाद आचार्य, पुन्यशीला दवाडी घिमिरे, ब्रजेश प्याकुरेल, भीमकुमार श्रेष्ठ, यमबहादुर बुढामगर, राजुकुमार खतिवडा, विमल पौडेल, श्यामकुमार भट्टराई, स्वीकृति पराजुली, हरिराज कार्की, हरिशचन्द्र ढुङ्गानालगायत हुनुहुन्छ।    

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक