सर्वोच्चमा तीन न्यायाधीश सिफारिस

काठमाडौँ, भदौ २२ गते  । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। मङ्गलबार बसेको बैठकले रिक्त दुईसहित तीन पदमा सिफारिस गरेको हो। एक स्थानमा भने कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अवकाशपछि पदभार सम्हाल्ने गरी सिफारिस गरिएको परिषद् स्रोतले बतायो। सर्वोच्चमा हाल दुई न्यायाधीशको स्थान रिक्त छ। संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशसमेत २१ न्यायाधीश सर्वोच्चमा रहनेछन्। 

परिषद्ले नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीलाई न्यायाधीशमा सिफारिस गरेको हो। दीक्षित हाल उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश हुनुहुन्छ। शर्मा उच्च अदालत जनकपुरमा कायम मुकायम मुख्य न्यायाधीश हुनुहुन्छ। पराजुली नेपाल ल क्याम्पसका प्रमुख हुनुहुन्छ। हालै उहाँले वरिष्ठ अधिवक्ताको उपाधि पाउनुभएको थियो। कानुन र न्यायको क्षेत्रमा विशिष्ट योगदान पु-याएका व्यक्ति सर्वोच्चमा न्यायाधीश नियुक्त हुन सक्ने संवैधानिक व्यवस्था छ। तीनमध्ये एकको कार्यकाल भने संसदीय सुनुवाइ भएपछि पनि असोज १६ गतेपछि सुरु हुनेछ। कामु प्रधानन्यायाधीश कार्कीको कार्यकाल असोज १५ गतेसम्म रहेको छ। संविधानले पदावधि एक महिनाभन्दा कम रहेको अवस्थामा नयाँ सिफारिसका लागि बाधा गरेको छैन। अब संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि न्यायाधीशहरूको नियुक्ति हुनेछ। संसद्को कार्यकाल छोटो अवधि बाँकी रहेकाले सुनुवाइको सम्पूर्ण कार्यविधि पूरा गरेर निर्णय प्रक्रियामा जाने अवस्था कम छ। अहिले सुनुवाइमा पत्राचार भएपछि उजुरीका लागि नै १० दिनको समय दिने अभ्यास छ। 

न्यायाधीशको सर्ट लिस्ट

परिषद्ले मुख्य न्यायाधीश र न्यायाधीश नियुक्ति प्रक्रियाका लागि नामावली सर्ट लिस्ट गरेको  छ। पाँच मुख्य न्यायाधीशका लागि १५ र २७ न्यायाधीशका लागि ८१ जनाको नाम सर्ट लिस्टमा राखिएको छ। उच्चमा २७ न्यायाधीशका लागि २७७ जनाले आवेदन दिएका थिए। 

मुख्य न्यायाधीशको नियुक्तिको सर्ट लिस्टमा पर्ने उच्च अदालतका न्यायाधीशहरूमा केशवराज जोशी, गुणराज ढुङ्गेल, डिल्लीराज आचार्य, प्रमोदकुमार श्रेष्ठ वैद्य, प्रेमराज कार्की, प्रेमराज ढकाल, भानुभक्त शर्मा न्यौपाने, महेशप्रसाद पुडासैनी, माधवप्रसाद पोखरेल, डा. रत्नबहादुर बागचन्द, रमेशप्रसाद राजभण्डारी, रमेशबहादुर थापा, वीरबहादुर डाँगी, शारदा सुवेदी, सत्यमोहन जोशी थारू रहनुभएको छ। 

यस्तै २७ न्यायाधीशका लागि गरिएको सर्ट लिस्टमा अच्युतमकुमार भट्टराई, अरुणकुमार दुवे, अर्जुन अधिकारी, डा. अर्जुनकुमार खड्का, निर्मला अधिकारी भट्टराई, निर्मला पौडेल, नूर मोहम्मद मनिहार, नेत्रप्रसाद आचार्य, पुन्यशीला दवाडी घिमिरे, ब्रजेश प्याकुरेल, भीमकुमार श्रेष्ठ, यमबहादुर बुढामगर, राजुकुमार खतिवडा, विमल पौडेल, श्यामकुमार भट्टराई, स्वीकृति पराजुली, हरिराज कार्की, हरिशचन्द्र ढुङ्गानालगायत हुनुहुन्छ।    

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित