August 20, 2022

अस्ट्रेलियाद्वारा श्रीलंकालाई थप २ करोड५० लाख डलर सहयोग

कोलम्बो । अस्ट्रेलियाले श्रीलङ्कालाई अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको छ । अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकास तथा प्रशान्त मन्त्री प्याट कोनरोय र विदेशमन्त्री पेनी वोङले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् ।

“अस्ट्रेलियाले श्रीलङ्कालाई ७० वर्षयताकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको बेला अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ । यस चुनौतीपूर्ण समयमा, अष्ट्रेलिया विशेष गरी गम्भीर कठिनाइको सामना गरिरहेका श्रीलङ्काका जनताको साथमा उभिएको छ । यो थप सहयोगले अष्ट्रेलियाको आधिकारिक विकास सहायता प्रतिक्रियालाई सात करोड ५० लाख अमेरिकी डलरमा पुर्‍यायाएको छ”, अस्ट्रेलियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अस्ट्रेलियाको विदेश मन्त्रालयले श्रीलङ्कालाई निरन्तर सहयोग गर्दै पारस्परिक हितलाई समर्थन गर्नुका साथै सहयोग र सामुदायिक सम्पर्कमा आधारित ७५ वर्ष लामो सम्बन्धलाई थप मजबुत बनाउने बताएको छ ।

“यो अतिरिक्त मानवीय सहायता सन् २०२२/२३ मा श्रीलङ्कालाई जारी विकास सहायताका लागि दिइएको दुई करोड ३० लाख अमेरिकी डलरको अतिरिक्त भएको जनाइएको छ । यसअघि गत जुनमा अस्ट्रेलियाले श्रीलङ्कालाई पाँच करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो । श्रीलङ्काले अहिले सत्तरी वर्षयताकै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ, जसका कारण खाद्यान्न, औषधि र इन्धनको अभाव भएको छ ।

सात दशकयताकै सबैभन्दा खराब आर्थिक संकटका कारण विदेशी मुद्राको अभाव भएको र यसका कारण इन्धन, औषधि र मलजस्ता अत्यावश्यक वस्तुको आयात ठप्प भएको थियो ।

“श्रीलङ्काका ३० लाख मानिसहरूलाई उनीहरूको दैनिक पोषण आवश्यकता पूरा गर्न मद्दत गर्न आपतकालीन खाद्य सहायताका लागि हामी विश्व खाद्य कार्यक्रमलाई तत्काल दुई करोड २० लाख अमेरिकी डलर सहयोग गर्नेछौं ।Coppied from news24 Nepal

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत