संघियता पक्षधरहरुले राम्रो काम नगरे संघियता नै नरहने : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

सुर्खेत, ३१ साउन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेकाले प्रदेश र स्थानीय तहले उत्कृष्ट काम गरेर देखाउनुपर्ने बताएका छन् । अध्यक्ष तिमिल्सेनाले जनतालाई सुशासन, सेवा प्रवाहमा सहजता, विकास र समृद्धिको मार्गमा अघि बढ्न सकिएमा नै सङ्घीय व्यवस्था सफल हुने विचार व्यक्त गरे । सङ्घीयताको जग स्थानीय तह भएकाले त्यसलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा सुर्खेतमा आयोजित ‘सङ्घीय शासन प्रणाली सबलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सङ्घीयता पक्षधरहरुले व्यवहारमा राम्रो काम गर्न सकेमात्र विरोधी आवाज मत्थर हुँदै जाने बताए । सङ्घीयता ठीक छ भन्ने कुरा व्यवहारमा काम गरेर देखाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘सङ्घीयता चाहिँदैन भन्नेहरुको मुख बन्द गर्नका लागि पनि उत्कृष्ट काम गरेर देखाउनैपर्छ । जग बलियो नहुँदासम्म घर बलियो हुँदैन, सङ्घीयताको जग स्थानीय तह हो । स्थानीय तहलाई बलियो बनाउँदा देश बलियो बन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट