
असार १४,काठमाडौं । एकीकृत समाजवादीको कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय परिषद भेला भइरहेको छ । हिजोबाट सुरु भएको भेलामा करिब १५ सय सहभागी रहेका छन् । मिनी महाधिवशेनको रुपमा पनि चर्चित यो भेलामा तीनजना नेताको खोजी खुबै गरियो । मन्त्री पद छोड्नुपर्ने भएपछि खुबै असन्तुष्ट देखिएका उनीहरु हिजोको भेलामा गएनन ।
नेता विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठले अघोषित रुपमा बहिस्कार गरेको भेलामा रामकुमारी झाँक्री भने सहभागी थिइन । यी जना नेताहरु पार्टी निर्णयप्रति असन्तुष्ट थिए त्यही कारण उनीहरु भेलामा नगएको चर्चा पनि भइरहेको छ ।
आलेले शनिवारको केन्द्रीय कमिटी बैठक पनि बहिस्कार गरेका थिए । २०७९ असार १० गते शुक्रवारको पोलिटव्युरो बैठकमा ४८ घण्टाभित्र मन्त्री छोड्ने उद्घोष गरेका आले भोलिपल्ट बिहानै डोटीतिर लागेका थिए । दिउँसोको केन्द्रीय कमिटी बैठक छलेर डोटीको सामान्य कार्यक्रममा सहभागी भएर असार १२ गते आईतवार बिहान काठमाडौै आए अनि दिउँसो राजीनामा दिए ।
केन्द्रीय कमिटी बैठक समेत छलेका आले केन्द्रीय परिषद् भेलामा समेत नगएपछि पार्टीभित्र उनीप्रतिको आशंका भने बढेको समाजवादीका नेताहरुले बताउन थालेका छन् ।
कतिपयले आले चुनावको बेलासम्म एकीकृत समाजवादीमा नरहने बताउने गरेका पनि छन् । किसान श्रेष्ठ पनि चुनावसम्ममा एमाले प्रवेश गर्न सक्ने हल्ला पनि चलेको छ । एमाले प्रवेश गर्दा उनकाे निर्वाचन क्षेत्र समेत सुरक्षित हुने अवस्था छ ।
अहिले सांसद पद छोडेर उनीहरु एमालेमा नगएपनि अन्तिमसम्ममा समाजवादीमा भने नरहने चर्चा भइरहेको छ । यस्तो बेलामा नेकपा एकीकृत समाजवादीकाे भेलामा अनुपस्थितिले आशंकालाई थप बल दिएको बताइएको छ ।
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न