June 19, 2022

बन्ने भयो नारायणी नदीमा चार लेनको ‘सिग्नेचर पुल’

काठमाडौँ, ५ असार । चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । निर्माण हुने पुलको कुल लम्बाइ चार सय मिटर र चौडाइ चार लेनको हुने सडक विभागले जनाएको छ । 

विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणी नदीमा रहेको पुल ४१ वर्ष पुरानो भई जीर्ण हुँदै गएकोले नयाँ पुल निर्माण गर्न लागिएको जानकारी दिए । सो कामका लागि ठेक्काको बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए । विभागका अनुसार नारायणी नदीमा अहिलेको पुलको समानान्तर हुने गरी सिग्ने चर पुल’ निर्माण गर्न लागिएको छ ।

सो काम डिजाइन एन्ड विल्ड’ निर्माण प्रणालीको आधारमा बोलपत्र आह्वान गरि ने भएको छ । २०३८ सालमा नारायणी नदीमा निर्माण भएको अहिले को पुलको आयु ७० वर्ष तो किएको थियो । अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने महानिर्देशक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई