६१९ स्थानीय तहको नतिजाआउँदा एमालेको स्थान  दोस्रो

काठमाडौँ, ६ जेठ । निर्वाचन आयोगले शुक्रबार बिहानसम्म ६१९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

जसमा नेपाली काँग्रेसले सबैभन्दा धेरै स्थानीय तह जित्दै पहिलो स्थान हासिल गरेको छ भने एमालेले दोस्रो स्थान हासिल गरेको छ । स्थानीय तहमा  २०० प्रमुख र ४१९ अध्यक्ष पदको मतपरिणाम घोषणा हुँदा  काँग्रेसले प्रमुख ९९ र अध्यक्ष पद १७६ स्थानमा जित हासिल गरेको छ ।

अझै पनि काँग्रेस ३२ प्रमुख पद र ११ अध्यक्ष पदमा अग्रस्थानमै छ । यसैगरी नेकपा एमालेले ५७ प्रमुख र ११३ अध्यक्ष पदमा जित हासिल गर्दा २१ प्रमुख र १० अध्यक्षमा अग्रता कायमै राखेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २० प्रमुख र ९२ अध्यक्ष पदमा जित हासिल गर्दा अझै पनि ६ प्रमुख र ३ अध्यक्षमा अग्रता बनाएको छ । यस्तै एकीकृत समाजवादी पार्टीले १४ स्थानीय तह, जसपाले १८, लोसपाले ५ स्थानीय तह जित्दा केही साना दल र स्वतन्त्र उम्मेदवारले पनि जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका