सरकारले अर्थतन्त्र बेहाल अवस्थामा पुर्‍यायो : ओली

काठमाडौं, फागुन ३० नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  अर्थतन्त्रलाई वर्तमान सरकारले बेहाल अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् । आइतबार एमाले उद्योग विभागले आयोजना गरेको उद्योगी व्यवसायीहरुसँगको छलफलमा सरकारले उत्पानदनमा जोड दिनुको सट्टा थर्काएर हैरानी पार्ने काम गरेको आरोप लगाए ।

‘व्याकमेलको जस्तो थर्काएर ताला लगाएर छापा लगाएर कसरी हैरानी पार्न सकिन्छ, कसरी थर्काउन सकिन्छ भन्ने खालका प्रकृतिका कामहरु भइरहेका छन्’ उनले भने, ‘पहिला बाहिर बसेर गर्थे अहिले राज्यमा बसेर त्यही कुरा आज फरक ढंगमा गर्न खोजिरहेका छन् यो अर्थतन्त्रका लागी गम्भीर र नकारात्मक हो।’

अर्थतन्त्रका ४ वटा क्षेत्र प्रभावित भएको उनले बताए । आफ्नो सरकारले उत्पादन र उत्पादकत्व वृद्धिको लक्ष्य लिएको दाबी गर्दै उनले आयात प्रतिस्थापन गर्न सकिन्छ भन्ने रहेको भएपनि अहिलेको सरकारले वेवास्ता गरेको उनले आरोप लगाए ।

उनले आफूले सडेगलेका चिज किन खानु परो भनेर नेपालमा त्यलाई बन्द गरेको भए पनि कमिशनको खेलले खुलेको टिप्पणी गरेका छन् । ‘त्यसलाई बन्द पनि गरेको थिएँ, कतिपयलाई घाटा पनि लाग्यो होला’ उनले भने, ‘एक जनाको व्यापार सपार्नलाई राष्ट्रिय अर्थतन्त्रलाई प्रभाव नपारौं ।’

Video Source:

https://www.facebook.com/watch/live?ref=watch_permalink&v=336838958403873

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै