सरकारले अर्थतन्त्र बेहाल अवस्थामा पुर्‍यायो : ओली

काठमाडौं, फागुन ३० नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  अर्थतन्त्रलाई वर्तमान सरकारले बेहाल अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् । आइतबार एमाले उद्योग विभागले आयोजना गरेको उद्योगी व्यवसायीहरुसँगको छलफलमा सरकारले उत्पानदनमा जोड दिनुको सट्टा थर्काएर हैरानी पार्ने काम गरेको आरोप लगाए ।

‘व्याकमेलको जस्तो थर्काएर ताला लगाएर छापा लगाएर कसरी हैरानी पार्न सकिन्छ, कसरी थर्काउन सकिन्छ भन्ने खालका प्रकृतिका कामहरु भइरहेका छन्’ उनले भने, ‘पहिला बाहिर बसेर गर्थे अहिले राज्यमा बसेर त्यही कुरा आज फरक ढंगमा गर्न खोजिरहेका छन् यो अर्थतन्त्रका लागी गम्भीर र नकारात्मक हो।’

अर्थतन्त्रका ४ वटा क्षेत्र प्रभावित भएको उनले बताए । आफ्नो सरकारले उत्पादन र उत्पादकत्व वृद्धिको लक्ष्य लिएको दाबी गर्दै उनले आयात प्रतिस्थापन गर्न सकिन्छ भन्ने रहेको भएपनि अहिलेको सरकारले वेवास्ता गरेको उनले आरोप लगाए ।

उनले आफूले सडेगलेका चिज किन खानु परो भनेर नेपालमा त्यलाई बन्द गरेको भए पनि कमिशनको खेलले खुलेको टिप्पणी गरेका छन् । ‘त्यसलाई बन्द पनि गरेको थिएँ, कतिपयलाई घाटा पनि लाग्यो होला’ उनले भने, ‘एक जनाको व्यापार सपार्नलाई राष्ट्रिय अर्थतन्त्रलाई प्रभाव नपारौं ।’

Video Source:

https://www.facebook.com/watch/live?ref=watch_permalink&v=336838958403873

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र

एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु

कुलमान घिसिङद्वारा सय दिनका १०१ काम सार्वजनिक (पूर्णपाठ)

२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी