एमाले जनताको बलमा अघि बढ्छ : अध्यक्ष ओली

२०७८ फाल्गुन २५ बुधवार । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलमा एमाले अघि बढ्ने बताउनुभएको छ । एमाले गण्डकी प्रदेश कमिटिद्वारा पोखरामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभयो ।

एमाले जनताबाट निर्वाचित भएर आउने शक्ति भएकाले कसैको डर नभएको उहाँले बताउनुभयो । पुर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले मुलुक अहिले सत्य र असत्यबीचको संघर्षमा रहेको उहाँले चर्चा गर्नुभयो । मुलुक स्थानीय तहको निर्वाचनमय भइसकेकाले इमान्दार भएर काम गर्न पार्टी पङ्तिलाई निर्देश गर्नुभयो ।

सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताउनुहुँदै अध्यक्ष ओलीले विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै उहाँले पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

एमालेमा लागेर पद र अवसर पाइनँ भन्ने अवस्था नआउने भन्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “ढिलो चाँडो सबैले अवसर पाउने दिन आउँछ ।” अन्तर्राष्ट्रिय नारी दिवसको विषयमा चर्चा गर्नुहुँदै नेपालमा महिला सशक्तिकरण बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईमा च्याटजीपीटी मात्र हैन, २५ शक्तिशाली एआई मोडेल उपलब्ध छन्

२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

एकताका लागि सक्रिय नारायणकाजी, उपेन्द्र यादवसँग भेट

काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

यस्ता छन् प्रधानमन्त्रीको सचिवहरूलाई २६ बुँदे निर्देशन

साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र