सत्ता गठबन्धनमा गतिरोधपछि बालकोटमा गम्भीर कुराकानी

काठमाडौँ, ६ फागुन । एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्रीको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए। तर, सत्ता सहयात्री दलले अडान छाडेनन्।

त्यसपछि प्रधानमन्त्री देउवा बिहीबार साँझ विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे। त्यहाँ सत्तासमीकरण परिवर्तन, स्थानीय चुनाव, एमसीसी अनुमोदन गर्नेलगायत विषयमा गम्भीर कुराकानी भएको स्रोतले बताएको छ। 

स्रोतका अनुसार देउवाले ओलीसँग एमसीसी अनुमोदनमा सहयोग मागेका छन्। तर, यो विषयमा ओलीले निर्णय दिएका छैनन्। ओलीका प्रस्तावमा पनि देउवाले निर्णय दिएका छैनन्। छलफल भने सकारात्मक भएको ती स्रोतको भनाइ छ। सत्ता गठबन्धन कायम रहेसम्म सदनमा अवरोध जारी राख्ने एमालेको अडान छ। गठबन्धन परिवर्तन र सभामुख ‘एउटा पार्टीको जस्तो भएकामा सोच्नुपर्ने’ ओलीको प्रस्ताव छ।

काँग्रेस नेता डा. मीनेन्द्र रिजालले बिहीबार दिउँसो ओलीसँग भेट गरेका थिए। त्यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिफोन वार्ता गरेका थिए। नेता रिजालसँगको भेटमा ओलीले अन्तर्राष्ट्रिय रूपमा देशको छवि नबिग्रोस् भन्ने एमालेको चाहना रहेको र राष्ट्रहितका निर्णयमा कांग्रेससँग सहकार्य गर्न सक्ने जवाफ दिएका थिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र