February 13, 2022

प्रहरी र कानुन व्यवसायीबीच झडप

काठमाडौँ, १ फागुन । सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै पुनः भौतिक उपस्थितिमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । उल्लेख्य संख्यामा प्रहरी र दंगा नियन्त्रण टोलीलाई सर्वोच्च परिसरमा परिचालन गरिएको छ ।

बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च प्रवेश गर्न खोज्दा प्रहरीले ढोकैमा रोकेको थियो । त्यसपछि कानुन व्यवसायीहरु मूल सडकमा निस्किएर सर्वोच्चको मूल गेट तर्फ लागेका थिए । प्रहरीले मूल गेटमा पनि रोकेपछि उनीहरुले सडकमा प्रदर्शन गरिरहेका छन् । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दै नारा लगाइरहेका छन् ।

यता कांग्रेस, माओवादी तथा नेकपा एसका सांसदहरुले भने आज नै प्रधानन्यायाधिक चोलेन्द्र शमशेर जवराविरुद्ध महाअभियोग समेत दर्ता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका