त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा लिएको वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् । सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम छ । तर, अधिकांश विषय तथा तहका परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिविले छ महिनादेखि एक वर्षसम्म लगाउने गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

परीक्षा नियन्त्रण कार्यालयको कमजोरीको परिणाम विद्यार्थीले भोगिरहेका छन् । यस्तो ढिलाइले विद्यार्थीमा मानसिक असर पर्ने गरेको छ । स्नातक तह दोस्रो वर्षको केही विषयको परीक्षा गत फागुनमा सञ्चालन भइरहँदा कोरोना सङ्क्रमण फैलिएपछि भदौमा सकिएको थियो । अहिले तेस्रो वर्षको परीक्षासमेत फागुनको पहिलो साता सार्वजनिक गर्न पनिकाले तालिका सार्वजनिक गरिसकेको छ तर अघिल्लो वर्षकै नतिजा नआउँदा आफूहरूलाई तनाव भएको विद्यार्थीको गुनासो छ ।
स्नातक तह पहिलो वर्षका परीक्षार्थीको पनि फागुनको पहिलो साताबाटै परीक्षाको मिति तय गरिएको छ तर अघिल्लो वर्षको परीक्षाको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन । परीक्षा नियन्त्रक पुष्पराज जोशीले नतिजा सार्वजनिक गर्न जनशक्ति अभाव रहेकाले नतिजा सार्वजनिक गर्न ढिलो भएको बताए । कार्यालयमा हाल रहेका कर्मचारीमध्ये सबै कर्मचारी सूचना प्रविधिमा अभ्यस्त नहुँदा झन् समस्या हुने गरेको त्रिविले बताउँदै आएको छ । जोशीका अनुसार परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा कुनै बेला २२४ जना कर्मचारी कार्यरत थिए । विभिन्न शाखा मर्ज गरेर उक्त कर्मचारी दरबन्दी १८० जनामा झारिएको छ । तीमध्ये पनि अहिले १४१ जना मात्रै कार्यरत छन् ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०