नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र वितरणमा करिब चार सय वर्षको इतिहास रहेको वैद्यखाना यतिबेला आफैँ बिरामी अवस्थामा छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कुनै समय १८५ प्रकारका आयुर्वेद औषधि उत्पादन गर्ने वैद्यखाना यतिबेला जेनतेन ३५ थरीका औषधि उत्पादन गरिरहेको छ । त्यसमाथि सिंहदरबार वैद्यखानाका बिक्री कक्ष कार्यालय समयमा मात्र खुल्ने हुनाले उपभोक्ताहरू मारमा परेका छन् । जसका कारण उपभोक्ताहरू निजी क्षेत्रबाट उत्पादन गरिएका आयुर्वेदिक औषधि महँगोमा खरिद गर्न बाध्य छन् । बिक्री कक्षका वैद्य आदित्य ठाकुरका अनुसार, मानव जीवनका लागि महत्वपूर्ण र बजारमा बढी माग भएको औषधिकै उत्पादन रोकिएको छ । कोभिड–१९ महामारीका बेला शिलाजित, त्रिफला चूर्ण, तुलसी चिया, अश्वगन्धा चूर्ण, अश्वगन्धारिष्ट र च्यवनप्राशको माग उच्च छ । यद्यपि यिनै औषधि वैद्यखानाको बिक्री कक्षमा छैन ।
वैद्य ठाकुरले भने, “च्यवनप्राशको उत्पादन बन्द भएको थियो । पुस पहिलो सातादेखि मात्रै साधारण किसिमको च्यवनप्राशको बिक्री सुरु भएको छ । माग धेरै हुने सुगर फ्री र उत्कृष्ट गुण‚तरका च्यवनप्राशको उत्पादन रोकिएको दुई वर्ष हुन लाग्यो ।”
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०