स्थानीय तहको निर्वाचन संविधान बमोजिम नै हुने

काठमाडौँ, माघ ५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा तोकिएको मितिभित्र स्थानीय तहको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले सङ्घीयतालाई सबल र सफल बनाउन सरकार संविधानमा भएको व्यवस्थाअनुसार निर्वाचन गर्न लागिरहेको बताउनुभएको हो । बैठकमा राष्ट्रिय सभाको चुनाव तथा स्थानीय तहको निर्वाचन तथा राष्ट्रिय निर्वाचनको तयारीमा छलफल भएको थियो ।

सो बैठकमा संविधानबमोजिम नै स्थानीय तहको निर्वाचन गर्ने सहमति पनि भएको छ । निर्वाचनको मिति भने दलहरूका आन्तरिक बैठकमा थप छलफल तथा तयारीपछि तय गर्ने गरी अर्काे बैठक बस्ने पनि निर्णय भएको छ । बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले गरेको व्यवस्थाभित्रै निर्वाचन सम्पन्न गर्न दलहरूबीच सहमति भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस विषयमा दलहरूबीच थप गृहकार्य गरेर बैठक बस्ने भएको छ । उहाँले सञ्चारकर्मीहरूसँग भन्नुभयो, “सङ्घीयतालाई बलियो पार्न संविधानले तोकेबमोजिमको समयमा निर्वाचन गराई स्थानीय सेवा प्रवाह गर्ने कुरामा हामी सचेत छौँ । त्यस कारण समयमै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ ।”

मन्त्री कार्कीका अनुसार निर्वाचनका विषयमा सरकारले निर्वाचन आयोगसँग पनि निरन्तर परामर्श गरिरहेको छ, यस विषयमा सरकारले चाँडै निर्णय लिनेछ । बैठकपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले पनि संवैधानिक व्यवस्थाअनुसार निर्वाचन सम्पन्न गर्ने विषयमा दलहरूबीच सहमति भएको बताउनुभयो ।

निर्वाचन आयोगले भने आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरूले यसअघि प्रधानमन्त्री देउवालाई भेटेर स्थानीय तह निर्वाचन गर्ने तयारीका बारेमा आयोगको तयारीबारे अवगत गराइसकेका छन् ।

संवैधानिक व्यवस्था
नेपालको संविधानको धारा २२५ मा गाउँ सभा तथा नगर सभाको कार्यकालको व्यवस्था गरेको छ । सो दफामा गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने उल्लेख छ । त्यस्तो कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्काे गाउँ सभा तथा नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ भन्ने कुरा उल्लेख गरिएको छ । हाल मौजुदा स्थानीय तहका पदाधिकारीको निर्वाचन २०७४ साल वैशाख ३१ गते सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग