माओवादी मन्त्रीको त कुरै छाडाै पिएको सम्पत्ति छानबिन गर्नेहो भने बदनामी तस्बिर देखापर्छ: लेखनाथ न्यौपाने

पौष १६, २०७८ ।काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनप्रति असहमति जनाउँदै युवा नेता लेखनाथ न्यौपानेले फरक मत दर्ता गराएका छन् ।

१० बुँदामा समेटिएको उनको फरक मतले माओवादी भित्र झाँगिदै गएको विकृतिको भण्डाफोर मात्रै गरको छैन नेतृत्वमा आएको चरम व्यक्तिवाद र विचलनलाई समेत प्रष्ट पारेको छ ।

उनले माओवादी नेतृत्वमा समेत ‘बा’ प्रवृत्ति हाबी भएको भन्दै प्रज्ञाभवनमा प्रचण्डको देवत्वकरण गरिएको प्रति आपत्ति जनाएका छन् ।
‘हामी सबै मुख्यतःः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाईका प्राय सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रिय समितिको निर्णय भन्ने कतै सुनिदैन । सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र । यसको एउटा उदाहरण तपाईले नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको छ भने हामी भन्ने एक ठाउँमा मात्र,’ न्यौपानेले फरक मतमा लेखेका छन् ,‘हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ । तपाई आफैससशिर उपस्थित भएको ठाँउमा तपाईका लस्करै तस्बीर राख्न कसले निर्देशन दिएको हो ? कमरेड अध्यक्ष, त्योठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरुको तस्बीर राखेको भए हाम्रो संस्कति कति सुसंगत हुन्थ्यो होला ?’
माओवादी केन्द्रबाट मन्त्रीको पिए भएकाहरुको सम्पत्ति छानबीन गर्दा नै बद्नामीको डरलाग्दो चित्र देखापर्ने न्यौपानेको दाबी छ ।
‘०६३ पछि हम्रो नेतृत्वमा ३ वटा सरकार बने साथै त्यस अतिरिक्त प्राय सबै सरकारमा हामी सहभागी छौं । एउटै पात्र पटकौं मन्त्री बनेको छ, उनीहरुकोन पारदर्शिता र कार्यसम्पादनहितको मूल्याब्कन छ, न त गणना गर्न लायक जनताले अनुभूत हुनेगरी गुणात्मक कुनैकाम नै भयो ? हाम्रै नेतृत्वमा प्रादेशिक सरकार छन्। तिनीहरुले अरु पार्टीले नेतृत्व गरेको सरकारभन्दा भन्दा फरक के काम गरे ? स्थानीय सरकार हामीले जितेको ठाउँमा एउटा नमूना पालिका सरकार कतै छ ?,’ प्रश्न गर्दै उनले भनेका छन्,‘यसको निर्मम समिक्षा नगरी सरकारदेखि सरकारसम्मको गोलचक्करले हामीलाई बदनाम मात्र बनाउछ । जसरी सन् १९५९ को क्युवाली क्रान्तिभन्दा अघि सरकारमा गएका कम्युनिस्ट नेताहरुले गरेको भ्रष्टाचारले कम्युनिस्ट भन्ने शब्द नै घृणाको प्रयाय बनेको थियो । त्यसकारण त्यहाँ कम्युनिस्टको नाममा क्रान्ति गरिएन । बरु क्रान्ति सम्पन्न भएपछि फिडेलहरुले आपूm कम्युनिस्ट भएको सार्वजनिक गरे । हाम्रो तर्फबाट मन्त्री भएकाहरुको कुरा छाडौं, मन्त्रीका अधिकांश पिएहरुको मात्र सम्पत्ति छानबिन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ । यसलाई पुराका पुरा सच्याइएनभने सरकारमा गएर समाजवादको
आधार निर्माण गर्ने कुरा काल्पनिक मात्र होइन, बदनामीको माध्यम हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा