‘द नेक्स्ट एजुकेशन कनसल्टेन्सी’को आवरणमा भण्डारी दम्पत्तिको गैरकानुनी गतिविधि !

  शनिबार, पौष १०, २०७८ | काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भर निर्माण हुने घरका लागि नक्सापास गर्नुपर्ने मापदण्ड छ । स्विकृत नक्सापास अनुसार घर निर्माण गर्नुपर्छ । तर, बानेश्वरस्थित अल्फा बिटा भवनसँगै निर्माण भइरहेको एक भवनले गैरकानुनी रुपमा स्विकृत नक्सापास विपरित गतिविधि गरेको पाइएको छ ।

‘द नेक्स्ट एजुकेशन कनसल्टेन्सीले अवैध रुपमा स्विकृत नक्सा बेगर घर निर्माण गरेको पाइएको हो ।

कन्सल्टेन्सीका सञ्चालक सालीग्राम भण्डारी र उनकी श्रीमती सन्ध्या उप्रेती भण्डारीले महानगरपालिकाबाट ६ तलाको घर बनाउन नक्सा स्विकृत गराएका थिए ।

तर, उनीहरुले गैरकानुनी रुपमा ८ तलाको भवन बनाएको फेला परेको हो । महानगरपालिकाले यसरी गैरकानुनी तवरबाट भवन निर्माण हुँदा पनि नियमन नगरेपछि महानगरका उच्च तहकै कर्मचारीको मिलेमतोको आशंका गरिएको छ ।

आफ्नै भवन निर्माणमा समेत करोडौँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेका महानगरका उच्च अधिकारी सहित कन्सल्टेन्सीका सञ्चालक विरुद्ध यो प्रकरणमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियारले महानगरलाई स्विकृत नक्सापास अनुसार भवन निर्माण भएको नभएको विषयमा स्पष्टिकरण माग गरेको छ ।

संदिग्ध आर्थिक गतिविधिको आशंका !

नेपालमा सञ्चालित शैक्षिक परामर्श (एजुकेशन कन्सल्टेन्सी) व्यावसायमाथि संदिग्ध आर्थिक गतिविधि गरेको आरोप लाग्दै आएको छ । सोही आरोपमा यसअघि विभिन्न कन्सल्टेन्सीको बैंक खाता रोक्का भएको थियो । २०७६ वैशाखमा सरकारले भण्डारी दम्पत्तिद्वारा सञ्चालित द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले पनि संदिग्ध आर्थिक गतिविधि गरेको अभियोगमा खाता रोक्का गरेको थियो ।

एजुकेशन कन्सल्टेन्सीको नाममा वर्षेनी अर्बौं रुपैयाँ नेपाल बाहिर पुर्याउने यस्ता कन्सल्टेन्सीमाथि सरकारले निगरानी राखेको थियो । यसअघि पुतलीसडक मोडमा रहेको द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले स्थापनाको केही वर्षमै बानेश्वरमा कसरी अर्बौंको महल ठड्यायो भन्ने समेत प्रश्न उठेको छ ।

coppied from diyopost

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने