
‘द नेक्स्ट एजुकेशन कनसल्टेन्सीले अवैध रुपमा स्विकृत नक्सा बेगर घर निर्माण गरेको पाइएको हो ।
कन्सल्टेन्सीका सञ्चालक सालीग्राम भण्डारी र उनकी श्रीमती सन्ध्या उप्रेती भण्डारीले महानगरपालिकाबाट ६ तलाको घर बनाउन नक्सा स्विकृत गराएका थिए ।
तर, उनीहरुले गैरकानुनी रुपमा ८ तलाको भवन बनाएको फेला परेको हो । महानगरपालिकाले यसरी गैरकानुनी तवरबाट भवन निर्माण हुँदा पनि नियमन नगरेपछि महानगरका उच्च तहकै कर्मचारीको मिलेमतोको आशंका गरिएको छ ।
आफ्नै भवन निर्माणमा समेत करोडौँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेका महानगरका उच्च अधिकारी सहित कन्सल्टेन्सीका सञ्चालक विरुद्ध यो प्रकरणमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियारले महानगरलाई स्विकृत नक्सापास अनुसार भवन निर्माण भएको नभएको विषयमा स्पष्टिकरण माग गरेको छ ।
संदिग्ध आर्थिक गतिविधिको आशंका !
नेपालमा सञ्चालित शैक्षिक परामर्श (एजुकेशन कन्सल्टेन्सी) व्यावसायमाथि संदिग्ध आर्थिक गतिविधि गरेको आरोप लाग्दै आएको छ । सोही आरोपमा यसअघि विभिन्न कन्सल्टेन्सीको बैंक खाता रोक्का भएको थियो । २०७६ वैशाखमा सरकारले भण्डारी दम्पत्तिद्वारा सञ्चालित द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले पनि संदिग्ध आर्थिक गतिविधि गरेको अभियोगमा खाता रोक्का गरेको थियो ।
एजुकेशन कन्सल्टेन्सीको नाममा वर्षेनी अर्बौं रुपैयाँ नेपाल बाहिर पुर्याउने यस्ता कन्सल्टेन्सीमाथि सरकारले निगरानी राखेको थियो । यसअघि पुतलीसडक मोडमा रहेको द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले स्थापनाको केही वर्षमै बानेश्वरमा कसरी अर्बौंको महल ठड्यायो भन्ने समेत प्रश्न उठेको छ ।
coppied from diyopost
१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्
काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि
२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको