पदाधिकारी र सदस्यको संख्या थप्ने ओलीको प्रस्ताव पारित

मंसिर ११,  चितवन: एमाले केन्द्रीय कमिटीको बैठकले केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्न अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको छ ।

शुक्रबार राति चितवनको सौराहामा बसेको बैठकले ओलीले राखेको प्रस्तावलाई पारित गरेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

जसनुसार अब एमालेमा केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । यस्तै पोलिट्ब्युरोमा ९९, स्थायी कमिटी ४५, पदाधिकारी (सचिवालय) १९, अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव  १, उपमहासचिव ३, सचिव ७ जना रहने छन् ।

अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगलाई २५ सदस्यीय बनाउने प्रस्ताव पारित गरिएको छ ।

अब पारित प्रस्तावलाई महाधिवेशनमा लैजाने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।  उनले शुक्रबारको बैठकले एमालेमा सहमतिको बाटो बनेको बताए । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक