प्रदेश २ सरकारको साइकल खरिदमा अनियमितता देखियो: अख्तियार

जनकपुरधाम, ३० कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा अनियमितता भएको बताएको छ ।

अख्तियारको बर्दिवासस्थित कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको उल्लेख गर्नुभयो । विस्तृत अनुसन्धानका क्रममा अनियमितता देखिए विशेष अदालतमा मुद्दा दायर हुने उहाँले बताउनुभयो । यो गम्भीर विषय पनि भएकाले विस्तृत रुपमै हेरिने उल्लेख गर्दै उहाँले विस्तृत अनुसन्धानका क्रममा अनियमितता देखिए अदालतमा मुद्दा दायर हुने /नभए तामेलीमा जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको छ । अब विस्तृत अनुसन्धान शुरु गरेका छौं । प्रारम्भिकमा अनियमितता देखिएकाले हामी डिटेलमा अनुसन्धान गर्न लागेका छौं । यसपछि (भ्रष्टाचार) भएरनभएको बाहिर आउँछ ।’

साइकल खरिदमा अनियमितता देखिएको भन्दै अख्तियारको टोलीले १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारी साइकल खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने