एमसीसीमा सत्ता गठबन्धन: पाँच दल पाँचतिर

काठमाडौं,भदौ २३, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० का विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलको पाँचवटै धारणा देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस सहमतिबाटै एमसीसी पास हुनेमा ढुक्क छ भने माओवादी केन्द्रले संसद्बाट एमसीसी पास हुनै नसक्ने बताएको छ ।

यसैगरी, सत्तारूढमध्येकै एक घटक नेकपा एकीकृत समाजवादीले संशोधन नगरी एमसीसी पास गर्न नसकिने भनेको छ भने जनता समाजवादी पार्टीले धारणा नै दिएको छैन । यसैगरी, पाँच दलीय सत्ता गठबन्धनमा आबद्धमध्येको एक दल राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा सडक संघर्षको घोषणा नै गरिसकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा एमसीसी सहमतिबाटै संसद्बाट पास हुनेमा ढुक्क रहन आफ्ना सांसदहरूलाई आग्रह गरेका छन् । उनले सो विषयमा कुनै भ्रम राख्न आवश्यक नभएको भन्दै भ्रमलाई चिरेर अघि बढ्न आफ्ना सांसदलाई आग्रहसमेत गरे ।

‘एमसीसी सबै दलको सहमतिमा नै पास हुन्छ, यसमा कुनै भ्रम नपाल्नु होला, बुझाउन सक्नेले भ्रम चिरेर अघि बढ्नुस्,’ प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले संसदीय दलको बैठकमा आफ्ना सांसदहरूलाई आग्रह गर्दै भने ।

तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने मंगलबार नै आयोजित आफ्नो दलनिकट युवा संगठन वाईसीएलको बैठकमा एमसीसी कुनै हालतमा संसद्बाट पास नहुने दाबी गरे । उनले सरकारले अमेरिकालाई सो विषयमा ११ बुँदे कूटनीतिक नोट पठाएको तर त्यसको जवाफ नआएको भन्दै एमसीसी पास नहुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।