आज कुशेऔँसी

काठमाडौँ, भदौ २२ः कुशेऔँसीका दिन मङ्गलबार सनातन हिन्दुु धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने कुश घर–डेरामा भित्र्याउँदै छन् ।शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरेर यजमानहरू कहाँ पु-याइएको कुश घर–डेरामा राख्दा परिवारको कल्याण हुन्छ भन्ने मान्यता छ । हिन्दुले कुश, पीपल, शालिग्राम र तुलसीलाई विष्णु भगवान्को प्रतीक मान्छन् ।

गोकर्णे औँसीका नामले पनि चिनिने यो दिन छोराछोरीद्वारा बाबुलाई मन पर्ने पहिरन, भोजन तथा सक्नेले आभूषणसमेत प्रदान गरेर सम्मानसाथ बाबुको मुख हेर्ने प्रचलन छ । बाबु नहुनेहरू पवित्र स्थानमा गई बाबुको नाममा श्राद्ध तर्पण तथा ब्राह्मणलाई दान दिने गर्छन् ।

विशेषगरेर उत्तरबाहिनी गोकर्णेश्वरमा पितृ श्राद्ध र दान तर्पण गर्ने गरिन्छ । गोकर्णेश्वर नगरपालिकाले यसरी चाड मनाउन आउनेको व्यवस्थाका लागि आवश्यक तयारी गरिसकेको छ ।

संंस्कृतिविद् डा. ऋषिप्रसाद शर्माका अनुसार कुशघरमा राख्दा वातावरण स्वच्छ हुने र जीवाणु, किटाणु नलाग्ने भएकाले कुशको धार्मिक महत्त्व बताइए पनि स्वास्थ्यबद्र्वक वनस्पतिका रूपमा बुझ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र