चेला मुख्यमन्त्री बन्दा पूर्वसभामुख महरा खुशी

साउन २९, काठमाडौं । आफूले पढाएको विद्यार्थीले प्रगति गरेको देख्दा जोकोही गुरुलाई खुशी लाग्नु स्वभाविकै हुन्छ । यस्तै अनुभूति पूर्वसभामुख कृष्णबहादुर महरालाई पनि भएको छ ।

आफूले पढाएको विद्यार्थी कुलप्रसाद केसी “सोनाम” हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नुभएकोमा असाध्यै खुशी बन्नुभएको छ, पूर्वसभामुख कृष्णबहादुर महरा ।

गाउँकै विद्यालयमा अध्ययन गरेपछि केसी बालकल्याण नमूना माध्यमिक विद्यालयमा भर्ना हुनुभयो । त्यहीं पढाउनुहुन्थ्यो, कृष्णबहादुर महरा । “आफैले पढाएको विद्यार्थी मुख्यमन्त्री बन्दा निकै खुशी लागेको छ । उहाँलाई बधाई र सफल कार्यकालको शुभकामना छ”, महराले भन्नुभएको छ ।

मुख्यमन्त्री केसीले महेन्द्र बहुमुखी क्याम्पसबाट आइएसम्मको अध्ययन गर्नुभयो । रोल्पा र दाङमा प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएका केसीले साविकको गाविस तुक्ला लगायतको विद्यालयमा अध्यापन गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा