माधव नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडाैं, साउन ७ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि हदैसम्म लचिलो हुने बताएका छन् । बुधबारको केन्द्रीय कमिटी बैठकमा उनले एकताका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको समेत बताएका छन् ।  “हामी एकताका लागि हदैसम्म लचिलो छौँ । अन्तिमसम्ममा पनि एकताका लागि प्रयास जारी छ । माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागे । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु,” बैठकमा ओलीले भनेका छन् । 

उनले पार्टी एकताका लागि गठित कार्यदलले बुझाएको १० बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको पनि बताएका छन् । त्यस्तै एकता भएमा सबै संरचनाहरू ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने पनि बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । ओलीले आफूले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो बन्दा पनि अनेक बहाना खोजिएको बताएका थिए । 

“मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ । त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् । किन ? हामीलाई पार्टीबाट निकाल्न ? ढुक्क हुनूस् कमरेडहरु, त्यसो हुन दिइने छैन । किनकि, यस्तो अभ्यास उनीहरुले पहिले पनि गरेका छन्,” उनको भनाइ उद्धृत गर्दै ती सदस्यले भने । 

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत हाल्नु अपाराधिक काम भएको समेत बताए । 

“संसद्मा आफ्नै पार्टीको सरकारका विरुद्धमा मत हालियो । यो अनैतिक, अराजनीतिक र आपराधिक कार्य हो । तर पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु । म थाकेको छैन कमरेडहरू । एकताका लागि कुनै कञ्जुस्याइँ गरिएको छैन, गरिने छैन,” ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक