आजदेखि नयाँ शैक्षिक सत्र

काठमाडौँ, असार १ गते । विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु गरिने भएको हो ।
कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको छ । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने बताउनुभयो । अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेकीकरण कार्य विद्यालयले गर्नेछन् ।
असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ । विद्यार्थीको अभिलेखीकरणपछि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिइनेछ । विद्यालयले आफ्नो नजिकको बिक्रेताबाट खरिद गरेर विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने महानिर्देशक अर्यालले जानकारी दिनुभयो । यसअघि सरकारले जेठभित्र सबै कार्य पूरा गरी असार १ बाट नयाँ शैक्षिक सत्र प्रारम्भ गरिने भएकाले सोहीअनुसार तयारी गर्न सबै विद्यालयलाई निर्देश गरेको थियो ।
सरकारले कोरोना सङ्क्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने जनाइएको छ । महानिर्देशक अर्यालले अवस्था सामान्य भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा लिनका लागि सूचित गरिने उल्लेख गर्दै अहिलेलाई वैकल्पिक विधिकै माध्यमबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने अवस्था रहेको बताउनुभयो ।
अनलाइन, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरणलाई वैकल्पिक विधिका रूपमा लिइएको छ । विद्यालयले आफ्नो अवस्थाअनुसार बालबालिकाको सिकाइ सहजीकरण गर्नेछन् ।

कक्षा ११ भदौबाट
कक्षा ११ को पठनपाठन भने भदौबाट सुरु हुँदै छ । विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको आन्तरिक मूल्याङ्कन कार्य पू्रा गरी साउन दोस्रो सातासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौबाट नयाँ कक्षा सुरु गरिने जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ ।

सम्पर्कमा रहनैपर्ने
शिक्षकहरू आफ्नो विद्यालय र विद्यार्थीको सम्पर्कमा रहनुपर्ने जनाइएको छ । वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिनुपर्ने भएकाले शिक्षक आफ्नो विद्यार्थी र विद्यालयको सम्पर्कमा रहनुपर्ने केन्द्रका महानिर्देशक अर्यालले बताउनुभयो ।

नयाँ पाठ्यक्रमको व्यवस्था
यस शैक्षिक सत्रमा विद्यालय तहको चारवटा कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको छ । कक्षा २, ३, ६ र १२ मा नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । असार १ बाट नयाँ शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसारको पुस्तक अध्ययन गर्नेछन् । संशोधित पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छपाइ कार्य पूरा गरी विद्यालयमा पु¥याउने कार्य जारी रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । केन्द्रका एक हजार दुई सय बिक्रेताबाट विद्यालयसम्म पुस्तक पु¥याउने कार्य गरिएको छ ।
काठमाडौँ र ललितपुर महानगरपालिकाले पनि असार १ देखि नै नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न मातहतका विद्यालयलाई निर्देश गरिसकेका छन् । काठमाडौँ महानगरले कक्षा ८ को नगरस्तरीय परीक्षाको नतिजा सोमबार प्रकाशित गरेकाले अब सहज रूपमा नयाँ शैक्षिक सत्र प्रारम्भ हुने नगरपालिकाको शिक्षा विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन