याे वर्ष औसतभन्दा बढी पानी पर्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ, जेठ २गते । नेपालमा यस वर्ष औसतभन्दा बढी पानी पर्नेछ । अहिले पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव नेपालमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको केही दिनमा मनसुन नेपालमा भित्रिसक्नेछ । नेपालमा मनसुन भित्रिन एक–दुई दिन लाग्ने देखिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । “ विस्तारै मनसुन भित्रिदै छ, नेपालमा आइ पुग्न एक–दुई दिन लाग्छ”–उहाँले भन्नुभयो । उहाँका अनुसार यस वर्षको मनसुन जुन १३ नजिक छ ।

नेपालमा यस वर्ष औसतभन्दा धेरै पानी पर्ने अनुमान गरिएको गोरखापत्र अनलाइनलाई मौसमविद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मनसुनी प्रणाली बङ्गालको खाडीसम्म आएको र त्यो पूर्वी क्षेत्र हुँदै देशभर फैलने र सामान्यता पर्ने १५ सय मिलिमिटर पानी भन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ । “औसतमा १० प्रतिशत तलमाथि भएमा सामान्य मनसुन भनिन्छ”–उहाँले भन्नुभयो,“निरन्तर झरी पर्ने, केही समय रोकिने मनसुनी विशेषता हो ।” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको संयोजनमा समिति रहने र त्यसले काम गर्ने गरेको गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष बाढी र पहिरो जाने गर्छ । त्यसको लागि पूर्व तयारी रहने गर्छ र अहिले कोभिडको समस्या पनि पुरानो भइसकेकोले आफूहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

“यो प्रत्येक वर्ष आउने समास्या हो, कोरोना आएको पनि एक–डेढ वर्ष हुनै लाग्यो दुई वटै जोखिमसँगै भयो भने काम गर्न समास्या हुँदैन, दुई वटैको छुट्टाछुट्टै समिति छ”–प्रवक्ता दाहालले भन्नुभयो । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले कोरोनाको नयाँ–नयाँ लहर आइरहेको र नयाँ भेरियन्ट रहेकाले सबै जनालाई खोप नलगाउँदासम्म केही नहुने बताउनुभयो । “नयाँ–नयाँ लहर आइरहेको छ, नयाँ–नयाँ भेरियन्ट पनि छ, त्यस कारण धेरैले खोप नपाउँदासम्म गाहृो छ ।” कोभिड–१९ को दोस्रो लहर नेपालमा अझै रहेको उहाँले बताउनुभयो । कोरोना महामारी रहेकै बेला प्राकृतिक विपद् आउँदा समस्या त्यति जटिल हुन नदिने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो,“ यसका लागि काम गरिरहनु भएको छ, समस्यामाथि समस्या आयो भने पनि त्यति गाहृो हुँदैन, हामीसँग पूर्व तयारी छ  भर्खर मन्त्रालयमा छलफल भएको र फेरि पनि छलफल हुनेछ ।”

बाढीपहिरोले सडक अवरुद्ध भएर खोपलगायतका अत्यावश्यक सामग्री ढुवानीमा असर पर्न नदिन अर्को बैठकमा छलफल गर्ने जानकारी दिनुभयो । हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेका छ । आजको मौसम देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र छ । राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआई नियमन रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने

जेन–जी आन्दोलनमा पक्राउ परेकामध्ये ७४ जना जेल चलान, ९२ जना हाजिरी जमानीमा रिहा

मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी