स्कुले तहको वार्षिक परीक्षा वैकल्पिक विधिबाट लिइँदै

काठमाडौँ, जेठ १२ गते । कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएपछि विद्यालयले वैकल्पिक विधिबाट विद्यार्थीको अन्तिम वार्षिक परीक्षा लिन थालेका छन् । जेठभित्र परीक्षा सञ्चालन, नतिजा प्रकाशन कार्य पूरा गरी असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने योजनाका साथ राजधानीका सामुदायिक विद्यालय यसको तयारीमा जुटेका हुन् ।
भौतिक उपस्थितिमा परीक्षा सम्भव नभएपछि विद्यालयले अनलाइन माध्यम, परियोजना गृहकार्य, मोबाइलबाट मौखिक परीक्षा, निरन्तर विद्यार्थी मूल्याङ्कनलगायतको माध्यमबाट विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कन गर्ने कार्य सुरु गरेका छन् ।
राजधानीको सरस्वती निकेतन माध्यमिक विद्यालयले अनलाइन माध्यमका आधारमा विद्यार्थीको अन्तिम वार्षिक परीक्षा लिन सुरु गरेको छ । अनलाइनमा जोडिन सम्भव नहुने विद्यार्थीलाई टेलिफोनबाट परीक्षा लिइएको छ । परीक्षा जेठ १४ गते सक्ने विद्यालयको योजना छ । सो विद्यालयका प्रधानाध्यापक रविना महर्जनले माथिल्लो कक्षाका ८० प्रतिशत जति विद्यार्थी अनलाइनमा जोडिएकाले परीक्षा सञ्चालनमा सहज भएको बताउनुभयो ।
फोनमा समेत सम्पर्क हुन नसक्ने केही विद्यार्थीलाई निरन्तर विद्यार्थी मूल्याङ्कनको माध्यमबाट कक्षा स्तरोन्नति गरिने प्रअ महर्जनले जानकारी दिनुभयो । यसअघि यो विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा दुई पटक परीक्षा लिइसकेका कारण त्यसको समेत आधारमा विद्यार्थीको अन्तिम सिकाइ उपलब्धि मूल्याङ्कन गरिने जनाइएको छ ।
राजधानीकै जनपथ माध्यमिक विद्यालयले अनलाइनमा उपलब्ध विद्यार्थीलाई सोही माध्यमबाट परीक्षा लिने भएको छ । जेठ १३ गतेदेखि परीक्षा सुरु गरी २२ गतेसम्म सक्ने विद्यालयको कार्यतालिका छ । सबै विद्यार्थी अनलाइनमा जोडिन नसकेकाले केही विद्यार्थीलाई मोबाइलमा प्रश्न सोधेर पनि अन्तिम परीक्षा लिइने विद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछानेले जानकारी दिनुभयो । विद्यालयले टेलिफोनमा सम्पर्क हुन नसक्ने विद्यार्थीलाई निरन्तर विद्यार्थी मूल्याङ्कनबाट समेत विद्यार्थीको सिकाइ उपलिब्धको परीक्षण गर्नेछ ।
ललितपुरको आदर्श सौल माध्यमिक विद्यालयले अनलाइनबाटै परीक्षा लिने तयारी गरेको जनाएको छ । जेठ १३ गतेदेखि नै परीक्षा सुरु गरी २१ गते परीक्षा सक्ने विद्यालयको योजना छ । अनलाइनमा जोडिन नसकेका विद्यार्थीलाई घरमा नै परियोजना कार्य दिएर परीक्षा लिइने विद्यालयका प्रअ सरोजभक्त आचार्यले जानकारी दिनुभयो । यसका अतिरिक्त फोनबाटै पनि परीक्षा लिने योजना बनाइएको छ । परीक्षा सकिएपछि पुनः समीक्षा गरी छुट भएका विद्यार्थीको परीक्षा कसरी लिइने उहाँले जानकारी दिनुभयो । विद्यालयहरूले कक्षा ६ भन्दा तल्लो तहका विद्यार्थीलाई भने परीक्षाभन्दा निरन्तर विद्यार्थी मूल्याङ्कन र यसअघि विद्यायलले सञ्चालन गरेको पहिलो र दोस्रो त्रैमासिक परीक्षाका आधारमा निर्णय गर्ने भएका छन् । काठमाडौँ महानगरपालिकाले जेठ २० गतेसम्म परीक्षाको सबै कार्य पूरा गरी असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्न मातहतका सबै विद्यालयलाई निर्देशन दिइसकेको छ । सरकारले नयाँ शैक्षिक सत्र २०७८ सालको असारबाट सुरु गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र