‘ग्यास र पेट्रोलियम आपूर्ति सहज

काठमाडौँ, वैशाख १३ गते । कोरोना महामारीका कारण ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा असहज नहुने बताइएको छ । नेपाल आयल निगमले आपूर्ति सहज भएकै अवस्थामा भण्डारण क्षमता पूर्ण राख्न डिपोहरूलाई निर्देशन गरेको छ । एलपी ग्यासको भण्डारण बढाउन उद्योगीलाई परिपत्र गरेको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले भन्नुुभयो, “भारतमा दिन प्रतिदिन महामारी बढिरहेको छ, जसले गर्दा पेट्रोलियम पदार्थको आपूूर्तिमा सहज नहुन पनि सक्छ तर हामी पूर्व तयारीमा छौँ । ” उहाँले त्यसका लागि पूर्ण क्षमताको भण्डारमा जाने भएकाले बजारमा ग्यास पाइँदैन कि तेल पाइँदैन कि भनेर चिन्ता गर्नु नपर्ने बताउनुभयो । विगतमा छ महिना बन्दाबन्दी हुँदा पनि सहज रूपमा काम गरेको उहाँले उल्लेख गर्नुभयो ।
उपभोक्ता अधिकारवादीले पनि भण्डारण वृद्धिसँगै सचेत गराउने काम भइरहेकाले उपभोक्ताहरू डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भन्नुुभयो, “विगतमा जस्तै समस्या नहोस् भनेर ग्यास उद्योगीले खाली भएका सिलिन्डर भर्न लगाएका छन्, सचेत गराएका छन् । ” उहाँले भोलिको अवस्थालाई कसैले उपेक्षा गर्न नमिल्ने हुँदा बेलैमा सचेत गराउने काम सकारात्मक रहेको बताउनुभयो ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले कोरोनाको महामारी बढ्न थालेको जनाउँदै घरमा रहेका खाली सिलिन्डर भरेर राख्न दुुई दिनअघि सूूचना जारी गरेको थियो । ग्यासको अभाव नहोस् भनेर पहिल्यै अनुरोध गरिएको सङ्घले जनाएको छ । असहज परिस्थिति आउन सक्ने सम्भावना पनि रहेकाले खाली सिलिन्डर छन् भने भर्न लगाइएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले बताउनुुभयो ।
उहाँले भन्नुभयो, “गत वर्ष आपूर्ति सहज हुँदा पनि सबैले एकैचाटी खाली सिलिन्डर ल्याउँदा असहज भयो त्यसो नहोस् भन्नका लागि सचेत गराइएको हो । ” उहाँले भन्नुभयो, “उपभोक्ताले सिलिन्डर भरेर हाम्रो माग बढ्ने होइन, भण्डारमा सुविधा हुने हो, त्यो सबैका लागि हो, यसमा पैसा कमाउन खोजे भन्ने हिसाबले बुझ्नु भएन । ”
हाल नेपालभर दैनिक एक लाख सिलिन्डर ग्यासको माग छ । जसअनुसार दैनिक १४ सय मेट्रिक टन ग्यास बिक्री हुन्छ । उद्योगीसँग हाल करिब २० हजार मेट्रिक टन मौज्दात छ । जुन १५ दिनलाई पुुग्ने ग्यास हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना