‘ग्यास र पेट्रोलियम आपूर्ति सहज

काठमाडौँ, वैशाख १३ गते । कोरोना महामारीका कारण ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा असहज नहुने बताइएको छ । नेपाल आयल निगमले आपूर्ति सहज भएकै अवस्थामा भण्डारण क्षमता पूर्ण राख्न डिपोहरूलाई निर्देशन गरेको छ । एलपी ग्यासको भण्डारण बढाउन उद्योगीलाई परिपत्र गरेको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले भन्नुुभयो, “भारतमा दिन प्रतिदिन महामारी बढिरहेको छ, जसले गर्दा पेट्रोलियम पदार्थको आपूूर्तिमा सहज नहुन पनि सक्छ तर हामी पूर्व तयारीमा छौँ । ” उहाँले त्यसका लागि पूर्ण क्षमताको भण्डारमा जाने भएकाले बजारमा ग्यास पाइँदैन कि तेल पाइँदैन कि भनेर चिन्ता गर्नु नपर्ने बताउनुभयो । विगतमा छ महिना बन्दाबन्दी हुँदा पनि सहज रूपमा काम गरेको उहाँले उल्लेख गर्नुभयो ।
उपभोक्ता अधिकारवादीले पनि भण्डारण वृद्धिसँगै सचेत गराउने काम भइरहेकाले उपभोक्ताहरू डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भन्नुुभयो, “विगतमा जस्तै समस्या नहोस् भनेर ग्यास उद्योगीले खाली भएका सिलिन्डर भर्न लगाएका छन्, सचेत गराएका छन् । ” उहाँले भोलिको अवस्थालाई कसैले उपेक्षा गर्न नमिल्ने हुँदा बेलैमा सचेत गराउने काम सकारात्मक रहेको बताउनुभयो ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले कोरोनाको महामारी बढ्न थालेको जनाउँदै घरमा रहेका खाली सिलिन्डर भरेर राख्न दुुई दिनअघि सूूचना जारी गरेको थियो । ग्यासको अभाव नहोस् भनेर पहिल्यै अनुरोध गरिएको सङ्घले जनाएको छ । असहज परिस्थिति आउन सक्ने सम्भावना पनि रहेकाले खाली सिलिन्डर छन् भने भर्न लगाइएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले बताउनुुभयो ।
उहाँले भन्नुभयो, “गत वर्ष आपूर्ति सहज हुँदा पनि सबैले एकैचाटी खाली सिलिन्डर ल्याउँदा असहज भयो त्यसो नहोस् भन्नका लागि सचेत गराइएको हो । ” उहाँले भन्नुभयो, “उपभोक्ताले सिलिन्डर भरेर हाम्रो माग बढ्ने होइन, भण्डारमा सुविधा हुने हो, त्यो सबैका लागि हो, यसमा पैसा कमाउन खोजे भन्ने हिसाबले बुझ्नु भएन । ”
हाल नेपालभर दैनिक एक लाख सिलिन्डर ग्यासको माग छ । जसअनुसार दैनिक १४ सय मेट्रिक टन ग्यास बिक्री हुन्छ । उद्योगीसँग हाल करिब २० हजार मेट्रिक टन मौज्दात छ । जुन १५ दिनलाई पुुग्ने ग्यास हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज