March 15, 2021

निफ्राले अन्तरराष्ट्रिय बजारमा ३० मिलियन डलरको ऋणपत्र जारी गर्दै

काठमाडौं,चैत २,काठमाडौं । नेपाली पूँजीबजारमा हालै साधारण शेयर (आईपीओ) विक्री गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले अब अन्तरराष्ट्रिय बजारमा डलरमा ऋणपत्र (बन्ड) निष्कासन गर्ने भएको छ । लगानीका लागि पूँजी जुटाउन बैंकले अन्तरराष्ट्रिय बजारमा २५ मिलियनदेखि ३० मिलियन डलरको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

यसका लागि नेपाल राष्ट्र बैंकले पनि आवश्यक प्रक्रिया अगाडि बढाउन निफ्रालाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ । सैद्धान्तिक स्वीकृति पाएसँगै बैंकले अन्तरराष्ट्रिय बजारमा बन्ड निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो । सम्भवतः चालू आर्थिक वर्षभित्रै उक्त ऋणपत्र निष्कासन हुने बताइएको छ । ऋणपत्रबाट प्राप्त रकम नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने बैंकको योजना छ ।

निफ्राले गत माघमा नेपाली पूँजी बजारमा हालसम्मकै ठूलो अर्थात् ८ अर्ब रुपैयाँ बराबरको आईपीओ विक्री गरेको थियो । उक्त आईपीओ अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएर दोस्रो बजारमा कारोबारमा आइसकेको छ । अहिले भने निफ्राले अन्तरराष्ट्रिय बजारमा ऋणपत्र निष्कासन गर्न लागेको हो । निफ्राको उक्त ऋणपत्रलाई लन्डनको ‘ग्यारेन्टको’ नामक कम्पनीले क्रेडिट ¥यापिङ पनि गरिसकेको छ । निफ्राको अन्तरराष्ट्रिय रेटिङ नभएको हुनाले उक्त कम्पनीलाई यस्तो जिम्मा दिइएको हो । ग्यारेन्टको अन्तरराष्ट्रिय स्तरको ‘ट्रिपल ए’ रेटेड कम्पनी हो ।

हाल उक्त कम्पनीले नै ग्यारेन्टी बसेर निफ्राको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो । निफ्राको ऋणपत्र विक्री नभएमा ग्यारेन्टको आफैले किन्नेछ । साथै, निफ्राले ऋणपत्रमा तोकेअनुसार लगानीकर्तालाई प्रतिफल दिन नसकेमा ग्यारेन्टकोले नै त्यो बराबरको भुक्तानी गर्ने गरी सम्झौता भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा   मिलन विश्वकर्माले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ

  पौष ११,नेपालगञ्ज / बास नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा कपडा बैंकको शुभारम्भ गरेको

सर्वोच्च अदालतले सरकारसँग सोध्यो प्रतिनिधि सभा विघटनको आधार

२ पुस, काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य निर्विरोध

पुस १, काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना