यसरी सोझिएको थियो आरोपित छात्रतर्फ हाम्रो अनुसन्धान : डिआईजी उत्तमराज सुवेदी

काठमाडौं,फागुन ६, १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएदेखि प्रहरीले धेरै आलोचना खेप्दै आएको थियो। एकाएक भागरथी भट्टको घटना सार्वजनिक भयो। यस घटनाको पनि दोषी पत्ता लगाउन नसके प्रहरीप्रति सर्वसाधारणको दृष्टिकोण के होला भन्ने चिन्ताले धेरै पिरोल्यो। मैले आफूलाई घटनाको केन्द्रमा राखेर अनुसन्धान गर्ने जमर्को गरें, जुन पीडा भागरथीकी आमालाई थियो।

हामीले विभिन्न शंकाले हेर्‍यौं। कतै सँगै पढ्ने साथीबाटै त यो घटना भएन भन्ने लाग्यो। अनुसन्धान त्यतातिर मोड्यौं। भागरथी कति बजे स्कुलबाट बाहिरिइन् ? उनीसँग कोको थिए ? यस्ता सूचना बटुल्दै जाँदा कक्षा ११ पढ्ने आरोपित छात्रको व्यवहार शंकास्पद देखियो। भागरथीको पछि–पछि दिनेश नै लागेको केही विद्यार्थीबाट थाहा भयो। यो रहस्य भागरथीको शव फेला परेको तेस्रो दिनदेखि खुल्यो।

उनलाई सोधपुछ गर्दा करिब ३५ मिनेट उनी कहाँ गए भन्ने विषय रहस्यमय बन्यो। उनलाई लवलेक जंगलकै आसपास देख्ने व्यक्तिसँग प्रहरीले सनाखत (पुष्टि) गरेपछि हाम्रो अनुसन्धान उनीसँग नै बढी केन्द्रित भयो। भागरथी माघ २१ गते करिब २ बजे खोचलेक बजारमा देखिएकी थिइन्। उनी पौने १ बजे पढाइ पूरा नगरी निस्किसकेका थिए। बीचमा देख्नेले पनि भागरथीको पछिपछि लागेर दिनेश हिँडेको बताएका थिए।

हामीले अनुसन्धानमा दुई सयभन्दा बढीलाई सोधपुछ गर्‍यौं। २२ जनालाई त शंकाकै घेरामा राखेर केरकार गर्‍यौं। तर, उनको व्यवहार, बयान र अन्य प्रामाणिक वस्तुले उनी मुख्य आरोपी हुन् भन्नेमा कुनै दुविधा रहेन।

अनुसन्धानका विभिन्न विधि हुन्छन्। जुन दिन म आफैं कुकुर लिएर घटनास्थल पुगें, त्यही दिन दिनेश घटनास्थलमा पुगेनन्। हामीलाई शंका त्यहीँ लाग्यो। घरमा पनि उनले डराएजस्तो व्यवहार गर्ने र छट्पटाउने गरेको पाइयो। फागुन ३ गते दिनेशलाई सम्झाइबुझाइ केरकार गर्दा बल्ल घटना स्विकारे। उनले पुरानो रिसइबीका कारण हत्या गरेको बताए। अन्य प्रमाणले पनि उनी नै आरोपी हो भन्ने संकेत गरेपछि हामी निक्र्योलमा पुग्यौं। यो घटनामा उनी नै संलग्न हो भन्ने पुष्टि भयो।

पोस्टमार्टम रिपोर्टले भागरथीको घाँटी थिचेर हत्या भएको र यौनसम्पर्कसमेत भएको देखाएको थियो। हामीले प्रहरीकै विधिविज्ञान प्रयोगशालामा शव, कपडा र शरीरका विभिन्न भागमा लागेका चोटको नमुना पठाएका छौं। त्यसको रिपोर्ट आएपछि थप प्रमाण बलियो हुन्छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा