धराहराको पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौं फाल्गुन ०३ : २०७२ को महाभूकम्प बाट क्षतिग्रस्त ऐतिहासिक पुरातत्विक सम्पदा धराहराको पुनर्निर्माणअन्तर्गत ढलान गर्ने काम अन्तिम चरणमा पुगेको छ । धराहराको पुननिर्माणअन्तर्गत अहिले २१औं तलाको ढलान सकेर २२औं तलाको ढलान सुरु भएको छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो ।

भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । २०७२ सालको भूकम्पले नौ तलाको धराहरा पनि भत्काइदिएको थियो । बृहत् धरहरा पुनर्निर्माणअन्तर्गत हुलाक कार्यालय तथा काठमाडौं मलसम्मको क्षेत्र खाली गराएर पुनर्निर्माणको भइरहेको हो । सो ठाउँबाट खिचापोखरी हुँदै निस्कने ६ मिटरको बाटो निर्माण हुनेछ । स्थानीयको मागअनुसार ६ मिटरको बाटो निर्माण गर्न लागिएको सम्पदाविद् राजुमान महर्जन बताउँछन् ।

हाल २१औं तलाको ढलान सकिएको र २२औं तलासमेतको कार्य गरी त्यहाँ पहिले रहेको महादेवको प्रतिमा पुनस्र्थापना तथा गजुर जडानको कार्य गरिने

४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र २२ तलाको हुने र ७२ मिटर उचाइको हुनेछ । धरहरामा बगैंचा, संग्रहालय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङस्थलसमेत रहनेछन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माणाधीन धरहराका दुई भूमिगत तलामा पार्किङ रहने, त्यहीँबाट १०÷१० जना अट्ने क्षमताको लिफ्ट सञ्चालन हुने तथा १८औं तलामा धरहरासम्बन्धी डिजिटल प्रस्तुतीकरण कक्ष रहने बताए । ज्ञवालीका अनुसार हाल २१औं तलाको ढलान सकिएको र २२औं तलासमेतको कार्य गरी त्यहाँ पहिले रहेको महादेवको प्रतिमा पुनस्र्थापना तथा गजुर जडानको कार्य गरिने बताएको कुरा आजको राजधानीमा समाचार प्रकासित छ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ऐतिहासिक सुन्धारालाई निरन्तर पानी आउने अवस्थामा ल्याई संरक्षण गरिने बताए । ऐनले टक्सारको भवन रहेको स्थानमा मुद्रा तथा सिक्कासम्बन्धी विविध सामग्रीसहितको संग्रहालय बनाउने र भूकम्पले भत्काएको धरहरालाई यथावत् स्वरूमा सिसाले छोपेर एक सजीव भूकम्प संग्रहालयका रूपमा संरक्षण गरिने जनाए ।

धरहरा परिसरको भूमिगत पार्किङस्थलमा ४ सयवटा चारपांग्रे र ७ सयवटा दुईपांग्रे सवारी साधन अट्ने गरी निर्माण गरिँदै छ । ३ अर्ब ४८ करोड रुपैयाँ लागतमा धरहराको पुननिर्माण भइरहेको हो । अहिले दैनिक १ सय ५० भन्दा बढी कामदारले निर्माणको काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज