बाइडेन आएसँगै किन सक्रिय बने बेरी ?

काठमाडौं ,माघ १६, २०७७ ,पछिल्लो समय नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीको दौडधुप बाक्लिएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले माघ ७ गते शपथ लिएसँगै अमेरिकाको भित्री र बाहिरी नीतिमा चलायमान देखिन थालेको हो ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक तथा भूराजनीतिक मामिला विज्ञ रुपक सापकोटा चीनको उदय र पछिल्लो समय अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा फेरबदल आउन खोजिरहेको अवस्थालाई बाइडेन प्रशासनले प्राथपिमकतामा राखेको बताउँछन् । उनका अनुसार नेपाल र विश्वभरिकै चीनसँग नजिकको सम्बन्ध राखिराखेका मुलुकहरुसँग चीनभन्दा आफूहरु बढी लोकतान्त्रिक रहेको सन्देश दिँदै बाइडेन प्रशासनले बढी आर्थिक सहयोगको प्रत्याभूति दिन खोजेको देखिन्छ ।

नयाँ प्रशासन आए पनि हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी चासो अझ बढ्ने देखिन्छ ।  अमेरिकी राजदूत बेरीको अहिलेको भेटवार्तालाई उक्त हिन्द प्रशान्त राणनीति कार्यान्वयनको एक महत्त्वपूर्ण पक्षको रुपमा हेरिएको छ ।

राजदूत बेरीले आफ्नो भेटवार्तामा जोड दिएको अर्को विषयमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को थियो । त्यस्तै, लामो समयदेखि नेपाल अमेरिकाको प्राथमिकतामा पर्नुको अर्को कारण हो, तिब्बत मामिला ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद