८ पुष २०७७, नेकपा ओली समूहले आज बागमति प्रदेशस्तरीय केन्द्रीय सदस्यहरूको अभिमूखीकरण कार्यक्रम आयोजना गरेको छ । तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा बोल्दै नेता टोपबहादुर रायमाझीले पदका लागि पाँचवर्ष पनि कुर्न नसक्ने प्रचण्ड र माधव नेपालको अनुहार हालको अवस्थामा हेर्न पनि लायक नभएको बताएका छन् ।कार्यक्रममा उनले गर्जंदै भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर राम्रो गर्नुभएको छ । हिम्मत छ भने प्रचण्ड र माधव नेपालले मध्यवधि निर्वाचनमा भाग लिन सक्नुपर्छ । अन्यथा,नयाँ जनादेशमा जान नसक्ने र चुनावमा हार्ने डरले सडक आन्दोलन गरेर प्रधानमन्त्री र अध्यक्ष खोज्ने कुन तरिका हो ?’ रायमाझीले प्रचण्डलाई आफूचाहिँ ३० वर्षसम्म पार्टी अध्यक्षमै बस्नुपर्ने अनि अहिले प्रधानमन्त्री पनि चाहिने यो कस्तो इच्छा हो ? भन्ने प्रश्न गर्दै अहिलेको अवस्था त्यसैको परिणाम भएको बताए ।
प्रमुख अतिथिको रूपमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनाइ थियो- पार्टी एकतापछि सरकारले मुलुकमा तीव्र विकास गरिरहेको बेला नियोजित ढंगले पार्टीभित्र बिस्तारै झिना मसिना विवादलाई प्रवेश गराउँदै सरकारलाई असफल बनाउन खोजेपछि संसद विघटन गर्न बाध्य पारियो ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका