८ पुष २०७७, नेकपा ओली समूहले आज बागमति प्रदेशस्तरीय केन्द्रीय सदस्यहरूको अभिमूखीकरण कार्यक्रम आयोजना गरेको छ । तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा बोल्दै नेता टोपबहादुर रायमाझीले पदका लागि पाँचवर्ष पनि कुर्न नसक्ने प्रचण्ड र माधव नेपालको अनुहार हालको अवस्थामा हेर्न पनि लायक नभएको बताएका छन् ।कार्यक्रममा उनले गर्जंदै भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर राम्रो गर्नुभएको छ । हिम्मत छ भने प्रचण्ड र माधव नेपालले मध्यवधि निर्वाचनमा भाग लिन सक्नुपर्छ । अन्यथा,नयाँ जनादेशमा जान नसक्ने र चुनावमा हार्ने डरले सडक आन्दोलन गरेर प्रधानमन्त्री र अध्यक्ष खोज्ने कुन तरिका हो ?’ रायमाझीले प्रचण्डलाई आफूचाहिँ ३० वर्षसम्म पार्टी अध्यक्षमै बस्नुपर्ने अनि अहिले प्रधानमन्त्री पनि चाहिने यो कस्तो इच्छा हो ? भन्ने प्रश्न गर्दै अहिलेको अवस्था त्यसैको परिणाम भएको बताए ।
प्रमुख अतिथिको रूपमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनाइ थियो- पार्टी एकतापछि सरकारले मुलुकमा तीव्र विकास गरिरहेको बेला नियोजित ढंगले पार्टीभित्र बिस्तारै झिना मसिना विवादलाई प्रवेश गराउँदै सरकारलाई असफल बनाउन खोजेपछि संसद विघटन गर्न बाध्य पारियो ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र