काठमाडौँमा तत्काल स्कुल नखुल्ने

काठमाडौं, पुस २, २०७७,काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने क्रम बढिरहेका बेला महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो ।

महानगरपालिका शिक्षा विभागले वुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि यस्तो निष्कर्ष निकालेको हो । छलफलमा सहभागी महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको स्मरण गराउँदै अहिले काठमाडौँमा कोरोना नियन्त्रणमा नआइसकेकाले हतार गर्न नहुनेमा जोड दिए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि अहिले जाडोको मौसमसमेत रहेको भन्दै यस्तो बेलामा अनलाइन कक्षाहरुलाई प्रभावकारी बनाएर केही समयपछि मात्र खोल्दा राम्रो हुने बताए । ‘स्वास्थ्य मन्त्रालयले उपत्यकामा मात्रै पुस महिनाभित्र ५० हजारको एन्टिजेन टेस्ट गर्ने भनेको छ । यो बीचको अवधिमा अनलाइन कक्षालाई प्रभावकारी बनाउनू,’ उनले भने ।

बालबालिकाको स्वास्थ्य मापदण्ड आफै पालना गर्न समस्या हुने भन्दै उनले एउटै मापदण्ड बनाउने, खोलेका विद्यालयको अनुगमन गर्ने र स्वास्थ्य मापदण्ड पूरा नभएको भए बन्द गर्नेसम्मको तयारीमा जानुपर्ने बताए ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद