बिहान खाली पेटमा कफी कति घातक ?

काठमाडौं ,मंसिर २७, २०७७ ,एजेन्सी – बिहान कफीको सेवनले सक्रिय र शक्ति थपिएको अनुभव हुन्छ । कफीमा हुने क्याफिनले मस्तिष्कको बे्रन सेलहरुलाई सक्रिय बनाउँछ । तर, बिहानै खाली पेटमा कफीको सेवनले खतरनाक रोगलाई समेत निम्ता दिन्छ । ब्रिटिश जर्नल अफ न्युट्रिशनमा प्रकाशित एक नयाँ अध्ययनका अनुसार बिहान खाली पेटमा कफी पिउँदा शरीरको मेटाबोलिज्म र रगतमा हुने चिनीमा असर पुर्याउँछ । 

कहिलेकाँही अपुरो निन्द्रा, थकान, आलस्य हटाउनका लागि खाली पेटमा बिहानै कफी पिउने गरिन्छ । तर यो समयमा पिउने कफीले शरीरमा परिवर्तन ल्याउँछ । जसले मेटाबोलिज्म बिगार्छ र रगतमा चिनीको मात्रा बढाउँछ । लामो समयसम्म यसरी परिवर्तन भइरहँदा गम्भीर स्वास्थ्य समस्या पनि देखिन सक्छ । विशेषतः मधुमेह र मुटुको रोग लाग्ने सम्भावना उच्च रहन्छ । त्यसैले बिहानै उठेर कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक नभएको वैज्ञानिकको ठहर छ । 

ब्रिटिश जर्नल अफ न्युट्रिशनमा प्रकाशित उक्त अनुसन्धानमा ३० जना व्यक्तिहरु सामेल थिए । जसको औसत उमेर २१ थियो । अनुसन्धानको सिलसिलामा यी मानिसहरुलाई ३ समूहमा विभाजन गरिएको थियो । र रातको अधुरो निन्द्राका कारण हुने आलस्यबाट छुटकारा पाउनका लागि विभिन्न प्रकारका पेयपदार्थ दिइएको थियो । कुनै चिनी भएको पेय पदार्थ दिइयो, कुनै स्ट्रोङ कफी । बिहानको खाजाभन्दा पहिले कफी पिउनेको शरीरमा ५० प्रतिशतभन्दा बढी ब्लड सुगर बढेको भेटियो । 

वैज्ञानिकका अनुसार खाली पेटमा लगातार कफी पिउने बानीले शरीरमा असर पुर्याउँछ । तर विशेषतः मुटुमा असर पर्छ । यसका साथै, इन्सुलिन रेस्पोन्स पनि प्रभावित हुन जान्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर