ठगीमा संलग्न न्याैपाने प्रहरी फन्दामा

काठमाडाैं, मंसिर ११ ,प्रहरीले ठगी मुद्दामा नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायणका पूर्व कार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई नियन्त्रणमा लिएको छ ।तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई चण्डोलस्थित आफ्नै निवासबाटै नियन्त्रणमा लिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पूर्व कार्यकारी अध्यक्ष न्यौपानेविरूद्ध बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४ सय ४३ माग गरिएको छ । पूर्व कार्यकारी अध्यक्ष न्यौपानेविरूद्ध कात्तिक २४ गते जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरिएको छ, जहाँ उनीसहित पाँच जनालाई प्रतिवादी बनाइएको ब्यूरोले जनाएको छ ।

उक्त मुद्दामा ललितपुर महानगरपालिका–९ का सूर्यबहादुर केसी, वडा नम्बर ४ जावलाखेलका रामरत्न उपाध्याय, काठमाडौं–४ विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लवराज भट्टराई प्रतिवादी रहेका छन् ।

आयुक्त पाठकलाई ७० लाख घुस दिएको बिगोमा भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई अख्तियारले ७८ लाख धरौटी लिएर छोडेको थियो ।

यसै घुस प्रकरणपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका