ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

काठमाडौ, कात्तिक १२ः सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैं अवधिमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राम प्रसाद चौधरी, दिपक बहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेम बहादुर तामाङ, खडक बहादुर सुनुवार, अभिक आचार्य र अबिन शाही रहेका छन ।

उनीहरूले ट्राफिक चेकजाँचका क्रममा सवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५ सय देखि ३ हजार रूपैयाँ दिन खोजेको महाशाखाले जनाएको छ ।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरस पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्नुका साथै त्यस्तो कार्यमा संलग्नलाई नियमानुसार कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने ट्राफिक प्रहरीहरूलाई तत्कालै सम्मानित गरिएको पनि महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले बताए।

उनले संगठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गर्ने ट्राफिक प्रहरीहरुलाई प्रोत्साहन गरिएको बताए ।

यसअघि पनि त्यस्ता कुनै पनि प्रलोभनमा नपर्ने ७३ जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा पुरस्कृत महाशाखाले गरिसकेको छ ।

महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा चुस्त दूरुस्त एवं पारदर्शीताको विषयमा कुनै कमीकमजोरी, लापर्वाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गरिदिन पनि सर्वसाधारणमा अपिलसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन