ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

काठमाडौ, कात्तिक १२ः सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैं अवधिमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राम प्रसाद चौधरी, दिपक बहादुर कुमाल, अभिनन्दन काफ्ले, बिक्रम तामाङ, प्रेम बहादुर तामाङ, खडक बहादुर सुनुवार, अभिक आचार्य र अबिन शाही रहेका छन ।

उनीहरूले ट्राफिक चेकजाँचका क्रममा सवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीलाई ५ सय देखि ३ हजार रूपैयाँ दिन खोजेको महाशाखाले जनाएको छ ।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शुन्य सहनशीलतालाई अक्षरस पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालक र सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्नुका साथै त्यस्तो कार्यमा संलग्नलाई नियमानुसार कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गर्ने ट्राफिक प्रहरीहरूलाई तत्कालै सम्मानित गरिएको पनि महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले बताए।

उनले संगठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमान्दारितासाथ निर्वाह गर्ने ट्राफिक प्रहरीहरुलाई प्रोत्साहन गरिएको बताए ।

यसअघि पनि त्यस्ता कुनै पनि प्रलोभनमा नपर्ने ७३ जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा पुरस्कृत महाशाखाले गरिसकेको छ ।

महाशाखाले ट्राफिक प्रहरीको कार्यसम्पादनमा चुस्त दूरुस्त एवं पारदर्शीताको विषयमा कुनै कमीकमजोरी, लापर्वाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गरिदिन पनि सर्वसाधारणमा अपिलसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग