धरहरा पुनर्निर्माणका लागि ९ महिना थप

काठमाडाैं, असाेज २४ः निर्माणाधीन धरहराको निर्माण अवधि थपिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गतेभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग दुई वर्षअघि सम्झौता गरेको थियो। सोहीअनुसार रमन कन्स्ट्रक्सनले २०७५ कात्तिकदेखि पुनर्निर्माण सुरु गरेको थियो।कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन तथा निषेधाज्ञा गरेपछि पुनर्निर्माणको काम प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरे पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९ महिना समय थपेको हो।

रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र संग्रहालयको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमा काम सम्पन्न नहुँदा समय थप्नुपरेको बताए। उनका अनुसार हालसम्म धरहराको १६ तला ढलान भइसकेको छ। धरहराको अन्डरग्राउन्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम भइरहेको छ, उनले भने, जसमा चार सयवटा साना गाडी र सात सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण कामको रफ्तारमा असर पर्दा समयमा पुननिर्माण सम्पन्न गर्न नसकिएको हो। २२ तलाको योजना रहेको धरहराको कुल लागत भ्याटसहित तीन अर्ब ४५ करोड रुपैयाँ छ। धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद