August 25, 2020

खाद्यवस्तुको मूल्यवृद्धि गत वर्षको तुलनामा दोब्बर

भदौ ९, काठमाडाैं : कोभिड १९ का कारण बेरोजगारी बढिरहेको अवस्थामा खाद्यान्नको मूल्य पनि अकासिएको छ। दैनिक उपभोग्य वस्तु खाद्यान्न र तरकारीको मूल्य बढेपछि आम्दानी कम हुनेलाई भान्सा चलाउन हम्मेहम्मे परेको छ।

काठमाडौं उपत्यकालगायत मुलुकका ५२ जिल्लामा निषेधाज्ञाका कारण खपत घटिरहेका बेला केही तरकारीको भाउ सतप्रतिशतसम्म महँगो भएको छ। तरकारीको खपत घटेको बेला मूल्य घट्नुपर्नेमा ठीक उल्टो भएर भाउ बढेको हो। कोरोनाका कारण क्रयशक्ति गुमाइरहेका बेला महँगी बढेपछि दैनिक ज्यालादारी गर्ने, निजी क्षेत्रमा काम गर्ने, सानोतिनो व्यवसाय गर्ने र विद्यार्थी मर्कामा परेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार खाद्यवस्तुको मूल्य वृद्धि दर गत सालको तुलनामा दोब्बरभन्दा बढी छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति ८.१६ प्रतिशत पुगेको छ। पोहोरको तुलनामा मुद्रास्फीति ५.०७ प्रतिशतले बढेको हो। पोहोर खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति वृद्धिदर ३.०९ प्रतिशतमा सीमित थियो।
कोरोनाको कारण उपत्यकालगायत अधिकांश जिल्लामा निषेधाज्ञा हुँदा आयात तथा ढुवानीमा कठिनाइ भएपछि भाउ बढेको व्यापारी बताउँछन्।

गत वर्षको तुलनामा आलुको भाउ एक सय १९ प्रतिशत बढेको छ। पोहोर भदौ पहिलो साता २६ रूपैयाँ किलोमा बिक्री भएको आलु अहिले बढेर ५९ रूपैयाँ पुगेको छ। काउलीको भाउ करिब सतप्रतिशत बढेको छ। पोहोर ६८ रूपैयाँमा बिक्री भएको स्थानीय काउलीको मूल्य एक सय ३५ रूपैयाँ पुगेको छ।

कालीमाटीमा गोलभेंडाको थोकमूल्य ७० रूपैयाँ किलो भए पनि खुद्रामा एक सय रूपैयाँ किलोमा बिक्री भइरहेको छ। घिउसिमी मूल्य एक सय ४० प्रतिशत, परवल ८३ प्रतिशत, भिन्डी ९४ प्रतिशत र सागको मूल्य ५० प्रतिशतले बढेको छ।

अहिले घिउसिमी किलोको एक सय ४० रूपैयाँ, भिन्डी ६८ रूपैयाँ, साग ८५ रूपैयाँ किलोमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय