August 18, 2020

मकवानपुरमा प्रहरीमाथि नै खुकुरी प्रहार

मकवानपुर, भदौ २ः हेटौंडा उपमहानगरपालिका–६ गौरीटारमा विवाद मिलाउन गएका प्रहरीमाथि नै खुकुरी प्रहार भएको छ ।
सोमबार राति घरायसी विवाद मिलाउन गएका प्रहरी चौकी चौघडाका असई डम्बरबहादुर केसीमाथि भक्तराम राउतले खुकुरी प्रहार गरेको हो ।

घरायसी विवादको खबर पाएपछि त्यस क्षेत्रमा पुगेका असई केसीमाथि गौरीटारमा २५ वर्षीय भक्तराम राउतले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

खुकुरी प्रहारबाट असई केसीको हातमा गहिरो चोट लागेको र उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछी थप उपचारका लागि भरतपुर रिफर गरिएको डिएसपी रानाले बताए ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। डिएसपी रानासहित वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको टोलीले घटनास्थललाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन