August 18, 2020

मकवानपुरमा प्रहरीमाथि नै खुकुरी प्रहार

मकवानपुर, भदौ २ः हेटौंडा उपमहानगरपालिका–६ गौरीटारमा विवाद मिलाउन गएका प्रहरीमाथि नै खुकुरी प्रहार भएको छ ।
सोमबार राति घरायसी विवाद मिलाउन गएका प्रहरी चौकी चौघडाका असई डम्बरबहादुर केसीमाथि भक्तराम राउतले खुकुरी प्रहार गरेको हो ।

घरायसी विवादको खबर पाएपछि त्यस क्षेत्रमा पुगेका असई केसीमाथि गौरीटारमा २५ वर्षीय भक्तराम राउतले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

खुकुरी प्रहारबाट असई केसीको हातमा गहिरो चोट लागेको र उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछी थप उपचारका लागि भरतपुर रिफर गरिएको डिएसपी रानाले बताए ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। डिएसपी रानासहित वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको टोलीले घटनास्थललाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८