साउन १३,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला आज बस्ने भनिएको स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहान ९ बजे हुने भेटवार्ताले नेकपा बैठकको टुंगो लगाउने छ ।
प्रचण्ड-नेपाल समूहले बैठकलाई नियमित एजेण्डामा लैजाने र एउटा निर्णय गरेर अगाडि बढ्ने तयारी गरेपछि ओली समूहले पनि त्यसको जवाफ दिने तयारी गरेको छ । गएराती अबेरसम्म भएको छलफलका आधारमा ओली समूहले बैठक राख्न नदिने रणनीति अप्नाउने छ ।
आज पनि बिहानैदेखि प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँग परामर्शमा छन् । परामर्शका आधारमा उनी बैठक स्थगित गरेर जाने तयारीमा लागेका छन् । प्रचण्डसँगको छलफलमा पनि त्यहीँ कुरा राख्ने ओलीको तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
नियमित छलफलमा सक्रिय एक नेता भन्छन्, ‘उहाँहरुले एक्लै बैठक राख्न सक्नु हुन्न । सहमतिमै बैठक बस्ने वातावरण बनाउनु पर्छ । बहुमतको निर्णयका आधारमा पेल्ने काम भयो भने यो पार्टी एकता नै भंग हुन्छ । आजको बैठक बस्दैन । केहीदिन रोकेर फेरि सहमतिको खोजी गर्नुको विकल्प छैन ।’
ओलीको असहमतिमा बैठक राखेमा आफूहरु बैठकमा सहभागि नहुँने पनि ती नेताले बताए । उनले भने, ‘सहमतिमा गर्नुपर्ने काम एक्लै गर्न थाल्ने हो भने पार्टी एकताको मर्मविरुद्ध हुन्छ । त्यसैले एकपक्षीय बैठकमा हामी सहभागी नहुन पनि सक्छौँ । उहाँहरुले बहुमतको खेल गर्नु भयो भने हामीले हाम्रो तयारी गरेका छौँ । उचित जवाफ दिन्छौँ ।’
उनका अनुसार यदि माधब- प्रचण्ड गुटले ओली विरुद्ध निर्मम रूपमा प्रस्तुत भएर बहुमतको दम्भ देखाउने दुस्साहस गरे भने उनिहरुको राजनितीक जीवनको पनि बिनाश हुन सक्ने तयारी आफुहरुले गरेको बताए ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र