July 14, 2020

मेलम्ची सुरुङको गेट भत्किदा पानीले बगाएर इन्जिनियर र गाडी सहित चालक बेपत्ता

facebook sharing button messenger sharing buttonसिन्धुपाल्चोक, असार ३०ः मंगलवार दिउँसो परीक्षणका क्रममा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट भत्किँदा पानीले बगाएर त्यहाँ कार्यरत दुईजना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा आयोजनाका सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिश गोहित रहेका छन् ।

उक्त पानीले बा १ झ ८७६४ नम्बरको एउटा हाइलक्स गाडीसमेत बगाएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए।

सुरुङ परीक्षणको क्रममा १७ नम्वर गेटमा समस्या आएको थियो। समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो ।

महर्जनका अनुसार दुई जनाको उद्धार गरिएको र गाडीको केही अंश खोलामा देखिएको बताए । अहिले बेपत्ता २ जनाको प्रहरीले खोजी सुरु गरेको र गाडी झिक्ने काम भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक