June 25, 2020

कोरोना संक्रमितको संख्या ११ हजार १६२

असार ११, काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

४३४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ११ हजार १६२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (बिहीबार) को प्रेस ब्रिफिङका क्रममा यसबारे पुष्टि गरेका हुन् । उनका अनुसार आज थप ४३४ जनामा कोरोना पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म २६ जनाले ज्यान गुमाइसकेका छन् आज मात्रै स्याङ्जाका एक र ललितपुरका एकजना संक्रमितले ज्यान गुमाएसँगै मृतक संख्या २६ पुगेको हो ।

हालसम्म २ हजार ६५० जना उपचारपछि संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत ३१२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना