प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले ५ करोडको गाडी किन्न लागेको खबरबारे प्रश्न उठाएको छ । सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि खरिद गर्न लागिएको गाडिबारे गृहमन्त्रीसँग जवाफ मागेका हुन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा नेता रिजालले सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढाएको बारे गृहमन्त्रीको जवाफ मागे ।
उनले गाडी खरिद प्रक्रिया कोरोना महामारीका कारण फागुनदेखि रोकिएकोमा हालै नेपाल प्रहरीले अगाडि बढाएको खबर प्रकाशन भएसँगै उक्त प्रश्न उठाएका हुन् ।
उनले सोधे, ‘असार ३ देखि नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएको छ, गृहमन्त्रीजी के यो साँचो हो ?’
देशमा कोरोनाले महामारीको रुप लिइरहेको बेला प्रधानमन्त्रीले फजुल खर्च गर्न लागेको उनकव टिप्पणी थियो । उनले भने, ‘कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाइएला भन्ने डरले उल्फाको धनझै फजुल गर्न सरकारको तयारी हो यो ? जवाफ पाउँ ।’
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का