जेठ २८ :
रोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदनले महामारीको प्रभावबाट विश्वका कुनै पनि क्षेत्र अलग नरहने उल्लेख गरेको छ ।
प्रतिवेदनमा दक्षिण एसियाली मुलुकहरूमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कम देखिए पनि छोटो अवधिको आर्थिक गतिविधिमा भने नराम्रो असर परेको उल्लेख छ । यस क्षेत्रको आर्थिक वृद्धिदर औसतमा २.२ प्रतिशत हुने अनुमान गरिएको छ । जसमध्ये नेपालको चालू वर्षको वृद्धिदर १.८ प्रतिशत मात्र हुने प्रक्षेपण विश्व बैङ्कको छ । सरकारले भने चालू आर्थिक वर्षमा नेपालले २.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ ।
अर्को वर्ष (सन् २०२१) मा २.१ प्रतिशत पुग्ने अनुमान विश्व बैङ्कले गरेको छ । नेपालको चालू आर्थिक वर्षको प्रक्षेपण कम भए पनि दक्षिण एसियाली देशमा भने दोस्रो ठूलो हो । नेपालभन्दा अगाडि भारत छ, जसले ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान छ । यद्यपि सन् २०२१ मा भने भारतको वृद्धिदर ३.२ प्रतिशतले ऋणात्मक हुनेछ । वृद्धिदरका हिसाबले नेपालपछि बङ्गलादेशको १.६ प्रतिशत र भुटानको १.५ प्रतिशत पुग्ने अनुमान छ । बाँकी सबै दक्षिण एसियाली देशको वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित
काठमाडौँ, भदौ ५ गते।सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनका लागि छाता कानुनको रूपमा एकीकृत विधेयकको
१ भदौ २०८२, आइतबार केही दिनअघि सरकारले नागढुङ्गामा निर्मित सुरुङ मार्गबाट आवागमन गर्ने सवारीसाधनले तिर्नुपर्ने
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको